नेभिगेशन
समाज

पार्टीको महाधिवेशन गराउन हदैसम्मको लचक भए गगन थापा, देउवा पक्षलाई यसरी समेटियो

वडा अधिवेशनमा सहभागी भए चौधौं महाधिवेशनका केन्द्रीय सदस्य पनि केन्द्रीय समितिमा

ललितपुर । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीका सबै क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महाधिवेशन प्रक्रियामा कोही पनि नछुट्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै यस्तो आह्वान गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकले असोज ३ र ४ गते वडाबाट सुरु हुने अधिवेशन प्रक्रिया असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनमा परिणत हुने जनाएको छ । महाधिवेशनको उद्घाटन असोज १६ गते दिउँसो १ बजे काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।

Ncell
Extreme Energy

बैठकले महाधिवेशन पार्टीको सांगठनिक तथा राजनीतिक जीवनको नियमित प्रक्रिया मात्र नभई राजनीतिक ‘महाउत्सव’ समेत भएको उल्लेख गर्दै सबै तहका अधिवेशनमा सक्रिय सहभागिताका लागि पार्टी सदस्यहरूलाई आग्रह गरेको छ । विधानबमोजिम आफ्नो जिम्मेवारी पूरा गर्दै निर्वाचन समितिसँग समन्वय गरी तहगत अधिवेशन सफल बनाउन सबै तहका कार्यसमितिलाई निर्देशनसमेत दिइएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय रहेका सबै तहका कार्यसमिति तथा पार्टीभित्र संवाद, सहमति र सहभागिताका लागि प्रयास गर्ने सदस्य, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ ।

बैठकले विशेष महाधिवेशनमा सहभागी हुन नसकेका तर त्यसपछि पार्टीको विभिन्न तहमा सक्रिय रहेका सदस्यहरूको भूमिकाको समेत सम्मान गरेको छ । महाधिवेशन प्रक्रियामा सबैलाई समेट्ने उद्देश्यले सदस्यता अद्यावधिकका लागि पटक–पटक समय थप गरिएको र वडा अधिवेशनको कार्यतालिका समेत परिमार्जन गरिएको कांग्रेसले जनाएको छ ।

यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टीभित्र व्यापक सहभागिता र सहमतिको वातावरण निर्माण गर्न निरन्तर पहल गरिएको बैठकले जनाएको छ ।

बैठकले १५औँ महाधिवेशनका लागि तहगत नवीकरणको सिफारिस भई २०८२ पुस २१ गतेसम्म सदस्यता व्यवस्थापन प्रणालीमा प्रविष्ट भएका तर विविध कारणले अद्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशन प्रक्रियाबाट वञ्चित नगर्ने निर्णय गरेको छ । पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा प्रचलित कानुनबमोजिम पार्टी सदस्यता लिन नमिल्ने व्यक्तिलाई भने उक्त व्यवस्था लागू नहुने कांग्रेसले स्पष्ट पारेको छ ।

कांग्रेसले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा व्याख्या गर्दै कुनै असहमति भए त्यसलाई राख्ने र समाधान खोज्ने उपयुक्त स्थान महाधिवेशन नै भएको जनाएको छ । पार्टीमा रहन चाहने प्रत्येक सदस्यले महाधिवेशनमा सहभागी हुन पाउने वातावरण निर्माण गर्ने आफ्नो उद्देश्य रहेको बैठकले जनाएको छ ।

विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघि पार्टीको तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरूलाई समेत १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय कार्यसमिति सदस्यको हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै, महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली सभापति गगनकुमार थापासमक्ष प्रस्तुत गरेकोमा उक्त नामावली स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अनुशासन समितिका संयोजक गुरुङको राजीनामा
बैठकमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामाबारे सभापति गगनकुमार थापाले जानकारी गराएका थिए ।

बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला पन्त र योगेन्द्र चौधरीसहित केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए। धारणा राख्नेहरूमा अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा. चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुंगाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे तथा मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव रहेका थिए ।

कांग्रेसले पार्टीको शक्ति लाखौँ सदस्यको एकता, लोकतान्त्रिक संस्कार र जनताको विश्वासमा निहित रहेको उल्लेख गर्दै असोज ३ गते वडाबाट सुरु हुने महाधिवेशन प्रक्रियामा तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनमा सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन पुनः आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।
मुस्ताङमा भोलिदेखि घरपझोङ जलवायु सम्मेलन हुँदै

मुस्ताङमा भोलिदेखि घरपझोङ जलवायु सम्मेलन हुँदै

हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा यही भदौ ३० गते मङ्गलबारदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको कति पुग्यो संख्या ?

भोटेकोशी बाढीमा मृत्यु हुनेको कति पुग्यो संख्या ?

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेला परेको छ। बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन्।
महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।