नेभिगेशन
समाज

आङ्देम्बेले भने- तीजलाई महिला सम्मान र समान अधिकारको पर्व बनाऔँ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हरितालिका तीजलाई परम्परा र उत्सवमा मात्र सीमित नराखी महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरितालिका तीजको अवसरमा साेमबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले नेपाली समाजमा महिलाको भूमिका घरपरिवारमा मात्र सीमित नरहेको उल्लेख गरेका छन्। राष्ट्र निर्माण, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान महत्वपूर्ण रहेको उनले बताएका छन्।

Extreme Energy

'त्यसैले तीजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा पनि ग्रहण गर्न आवश्यक छ,' उनले भने ।
आङ्देम्बेले महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन्। उनले यसका लागि राज्य र समाज दुवैको साझा दायित्व रहेको बताएका छन्।

उनले हरितालिका तीज नेपालीको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको बताएका छन्।

'महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्नु राज्य र समाज दुवैको साझा दायित्व हो,' आङ्देम्बेले भनेका छन्।

उनले तीजको अवसरले नेपाली समाजमा आपसी सद्भाव अझ मजबुत बनाउँदै समाजलाई न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध बनाउन नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

साथै, उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै