नेभिगेशन
समाज

हरितालिका तीज : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम

काठमाडौँ । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा महिला व्रतालु भक्तजनको लाम लागेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरितालिका व्रत बसेका महिलाको सहजताका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट श्री पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट आराध्यदेव भगवान्को दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले  जानकारी दिए ।

Marvel
Extreme Energy

दोस्रो लाम जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग  दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार, महास्नानघरअघिको १ नं. ढोकाअघि राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासेपुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने प्रबन्ध मिलाइएको छ ।  यसैगरी तेस्रो लाम सिनामङ्गल, एयरपोर्टतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्वढोकामा राखिएको र्याम्पबाट पूर्व मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने प्रबन्ध मिलाइएको उनले सुनाए । 

पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थी भक्तजनका लागि पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शनपश्चात् उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको छ ।  बिहानको समयमा भक्तजनले सहज रुपमा लाममा बसेर आराध्यदे भगवान् पशुपतिनाथको दर्शन गरिरहेका छन् । बिहान लाममा बसेको आधा घण्टामा व्रतालुले दर्शन गरेर फर्कन सक्ने अवस्था छ । बिहानी पख भदौरे झरीका वावजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेको कोषले जनाएको छ ।
 
तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक खटाइएको कोषले जनाएको छ । दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा व्यवस्था गरिएको छ । हरितालिका पर्वका अवसरमा आज पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा भक्तजनको लाम लागेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।