नेभिगेशन
समाज

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

राँझा (बाँके) । भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउँथ्यो । मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले गाउँलाई सधैँ गुञ्जायमान बनाउँथे तर यो वर्ष थपुवाको आकाश अर्कै शोकले ढाकेको छ । मादलका तालहरू सुनसान भएका छन्, अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन् । 

Marvel
Extreme Energy

भदौ १० गते भोटेकोशी बाढीले गाउँका पाँच जना सदस्यलाई एकाएक बेपत्ता बनाएपछि अहिले सिङ्गो थपुवा शोकको भुमरीमा छ । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा पसिना बगाउँदै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएका छन् । 

बुढेसकालको सहारा मानिएका एक्ला छोरा, जीवनका आधार बनेका दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको घरमा यतिबेला सन्नाटा र आँसु मात्रै बाँकी छ । ढोकाको सङ्घारमा आँखा ओछ्याएर ‘कतै फर्किहाल्छन् कि !’ भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबीच अनलालको परिवार विछोडको भारी थाम्न विवश छ ।

अर्कोतर्फ रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि सोही बाढीमा परी बेपत्ता भएपछि उनीहरूको घरको दियो नै निभेझैँ भएको छ । १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय भाइ अश्विन र ९ वर्षीया बहिनी स्मारिका दिनभर टोलाउँदै आमा–बुबा फर्किने बाटो हेरिरहन्छन् । तीजको यो उज्यालो मौसममा यी अबोध बालबालिकाको कलिलो जीवन रातारात अँध्यारो सुरुङभित्र खसेको छ ।

स्थानीयवासी टेकराज जैसीका अनुसार यो अकल्पनीय शोकले गाउँका कसैको पनि मनमा चाडपर्वको उमङ्ग छाएको छैन । “गाउँका पाँच–पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै असह्य पीडामा छ, यस्तो बेला तीज कसरी मनाउनु ?”, उनी भन्छन्, “गाउँलेले यतिबेला पर्वको तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने प्रयास गरिरहेका छन् ।”

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी जारी राख्न र पीडित परिवार, विशेषगरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

“यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ,” उनले भने, “हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन् भन्ने आशामा रहेका छौँ ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवाको भोटेकोशी बाढीपश्चात् जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।