नेभिगेशन
समाज

रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क विद्युत् उपलब्ध गराउने तयारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा एक सय युनिटसम्म विद्युत महशुल छुट गर्ने तयारी गरेको हो । 

Ncell
Extreme Energy

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा विद्युत् महसुल छुट दिनेगरी गृहकार्य गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । 

मन्त्रीको सचिवालयकाअनुसार प्रभावित क्षेत्रका नागरिकलाई राहत हुनेगरी विद्युत् महसुलमा कति छुट दिन सकिन्छ, कति समयलाई छुट दिन सकिन्छ भनेर गृहकार्य गरी मोडालिटी सञ्चालक समिति बैठकमा पेस गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् । 

अबको प्राधिकरणको सञ्चालक समिति बैठकले बाढी प्रभावित जिल्लाका नागरिकलाई राहत हुनेगरी विद्युत् महसुस छुट दिनेछ । 

प्राधिकरणमा भदौ महिनाको महसुस पूर्ण छुट दिने र असोज महिनाका लागि सय युनिटसम्म निशुल्क उपलब्ध गराउने गरी छलफल चलिरहेको छ । 

यसअघि जिल्ला प्रशासन कार्यालय रसुवाले सय युनिट विद्युत् महसुल छुट गर्न माग गरेको थियो । रसुवा विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको अवस्थामा जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएकाले उक्त क्षेत्रका बासिन्दाले विद्युतीय चुलोको प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै जिप्रकाले उक्त प्रभावित क्षेत्रको विद्युतको खपतलाई मध्यनजर गरी प्रति परिवार १०० (एक सय) युनिटसम्म विद्युत महशुल छुट गर्न गृह मन्त्रालयमार्फत उर्जा मन्त्रालयमा अनुरोध गरेका थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल संरक्षणदेखि दीर्घकालीन स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको व्यवस्था सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा...
हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोलामा रहेको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सो...