नेभिगेशन
समाज

चापाकल छ, पानी झरे पो ! (तस्बिरकथा)

सिरहा । घरको आँगनमै भएको चापाकलमा पानी आउन छाडेपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीय खानेपानीको संकटमा परेका छन्। करिब दुई सय घरपरिवार छिमेकीको एउटै समरसेवल (सबमर्सिबल पम्प) मा लाइन बसेर पानी भर्न बाध्य छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँकै मोहन झाको घरमा जडान गरिएको समरसेवल पम्पको भरमा स्थानीयले पानीको जोहो गरिरहेका छन्। दुई बाल्टी पानी भर्नसमेत घण्टौँ कुर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।

Ncell
Extreme Energy

झाका अनुसार बेतौनामा पछिल्लो पाँच वर्षदेखि पानीको समस्या बढ्दै गएको छ। वर्षायाममा पर्याप्त पानी परे केही समय चापाकलमा पानी आउने गरे पनि यस वर्ष लामो समयदेखि पर्याप्त वर्षा नहुँदा चापाकल सुकेको उनले बताए।

‘असार–साउनमा राम्रो पानी पर्दा मंसिर–पुससम्म चापाकलमा थोरै–थोरै पानी आउँथ्यो। तर यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपर्दा चापाकलबाट पानी आउनै छाडेको छ,’ उनले भने।

खडेरीका कारण खेतमा धान सिँचाइ गर्न एकैपटक मोटर र दमकल सञ्चालन हुँदा भूमिगत पानीमा थप दबाब परेको उनको भनाइ छ। तत्काल वैकल्पिक व्यवस्था नगरे बेतौनाबासीले अझ ठूलो पानी संकट बेहोर्नुपर्ने उनले बताए।

यस वर्षको लामो खडेरीले बेतौनामा घरेलु प्रयोजनका लागि मात्र नभई कृषि उत्पादनमा समेत असर पार्ने देखिएको छ। पर्याप्त वर्षा नहुँदा खेतमा सिँचाइको माग बढेको छ भने भूमिगत पानीको अत्यधिक दोहनले खानेपानीका स्रोतसमेत सुक्दै गएका छन्।

बेतौना मात्र होइन, पछिल्ला वर्षमा तराई–मधेशका विभिन्न क्षेत्रमा भूमिगत पानीको सतह घट्दै जाँदा खानेपानीको संकट गहिरिँदै गएको छ। चुरे क्षेत्रको अनियन्त्रित दोहन, अनियमित वर्षा, लामो खडेरी, भूमिगत पानीको अत्यधिक प्रयोग, परम्परागत पोखरी तथा जलाशयको अतिक्रमण र बढ्दो तापक्रमले पानीको प्राकृतिक पुनर्भरण प्रणाली कमजोर बनाएको छ।

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(1)-1789362967.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(4)-1789362963.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(3)-1789362961.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(2)-1789362957.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(6)-1789362955.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(8)-1789362951.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(7)-1789362949.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(10)-1789362947.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(14)-1789362945.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(9)-1789362945.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(15)-1789362939.JPG

Water-Crisis-Photo-Siraha-Chapakal-Sammarsab_NPL-(12)-1789362939.JPG

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क बिजुली दिने सरकारको तयारी

सरकारले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा सय युनिटसम्म निशुल्क विद्युत् उपलब्ध गराउने तयारी गरेको छ ।
भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले खोसेको खुसीः तीजको संघारमा रित्तिएका काख र सुनसान आँगन

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगन सुनसान छन् ।
बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

बाढीपीडित बालबालिकाको बालापन र भविष्य जोगाउन सरकारले ल्यायो ‘स्याहार योजना’

सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल संरक्षणदेखि दीर्घकालीन स्याहार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको व्यवस्था सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा...
हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

हरितालिका तीज : व्रत बस्दा मनोकामना पूरा हुने विश्वास

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व आज देवादिदेव महादेवको विधिपूर्वक पूजाआराधना गरी मनाइँदैछ ।