नेभिगेशन
समाज

भोटेकोशी बाढी प्रभावितलाई सरकारले नयाँ घर बनाइदिने

काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावितको अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाका लागि विशेष राहत तथा पुनर्वास योजना अघि बढाएको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले ८ हजार ६९२ प्रभावित घरधुरीका ३९ हजार ११४ जनसंख्याको व्यवस्थापनका लागि घर बनाइदिने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वाधार मन्त्री सुनिल लम्सालकाअनुसार तत्कालका लागि प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा राखिएको छ । होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई घरभाडा दिइनेछ । चार जनासम्मको परिवारलाई पालिकामार्फत मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए प्रतिव्यक्ति थप २ हजार रुपैयाँका दरले घरभाडा बापत रकम उपलब्ध गराउने सरकारको निर्णय छ । 

Ncell
Extreme Energy

सरकारले दसैंअघि नै अस्थायी घर दिने योजना पनि बनाएको छ । मन्त्री लम्सालकाअनुसार दसैंअघि नै शौचालय र भान्छासहितका 'क्याप्सुल हाउस' (रेडिमेड घर) उपलब्ध गराइनेछ। १ देखि ३ बीएचके सम्मका यी घरहरू एकै दिनमा तयार गर्न सकिन्छ । तत्कालै बनाएर परिवारलाई हस्तान्तरण गरिनेछ ।

मन्त्री लम्सालकाअनुसार सरकारले दीर्घकालीन पुनःस्थापनाका लागि दुई वर्षभित्र ‘ल्यान्ड पुलिङ मोडल’मा टाउनसिप ढाँचाका एकीकृत बस्ती निर्माण गर्नेछ ।

यसका लागि भूमि व्यवस्था मन्त्रालयले जग्गा पहिचान सुरु गरिसकेको छ । निजी जग्गा भए सरकारले खरिद गर्ने र वन वा सार्वजनिक जग्गा भए निर्णय गरेर बस्ती विकासका लागि ल्याइने छ । यो प्रक्रियामा पीडित र स्थानीय तह दुवैको संलग्नता रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न युक्रेनलाई ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामाथि गरिँदै आएका आक्रमण रोक्न आग्रह गरेका छन्  ।
गुण्डुबाट बल्थलीमा फोन, ओलीले बादललाई भने–विशेष महाधिवेशन कुनै हालतमा स्वीकार नगर्नू

गुण्डुबाट बल्थलीमा फोन, ओलीले बादललाई भने–विशेष महाधिवेशन कुनै हालतमा स्वीकार नगर्नू

नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ। कार्यदलको बैठक अहिले काभ्रेपलाञ्चोकको बल्थली रिसोर्टमा बसिरहेको छ।
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
चापाकल छ, पानी झरे पो ! (तस्बिरकथा)

चापाकल छ, पानी झरे पो ! (तस्बिरकथा)

घरको आँगनमै भएको चापाकलमा पानी आउन छाडेपछि सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीय खानेपानीको संकटमा परेका छन्। करिब दुई सय घरपरिवार छिमेकीको एउटै समरसेवल (सबमर्सिबल पम्प) मा लाइन बसेर...