नेभिगेशन
नेताका कुरा

छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्छौैँ- प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसले वडा अधिवेशनमा सहभागी हुने नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि छुट्टै महाधिवेशनको तालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूह अलमलमा परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थापनमा मिसिएर १५औँ महाधिवेशनमा सहभागी हुने वा आफ्नो समूहले तोकेको तालिकाअनुसार नै महाधिवेशन गर्ने भन्ने विषयमा आज देउवा समूहका नेताहरुले छलफल गरेका छन् ।

Extreme Energy

निवर्तमान सभापति देउवाको निवासमा भएको छलफलमा महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वप्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद लगायत नेताहरू सहभागी थिए ।

नेता महतले आज अनौचारिक छलफल भएको जानकारी दिए ।

उनले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आजै चार बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए ।

कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

इनम सापकोटा प्रकरणमा अनुसन्धान गर्न प्रहरीले बनायो छुट्टै समिति

बिचौलिया इनम सापकोटासँग उच्च पदस्थ व्यक्ति र व्यवसायीहरूको सम्पर्क देखिएको विवरण सार्वजनिक हुन थालेपछि उनीमाथिको अनुसन्धान गर्न छुट्टै समिति गठन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत...
इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटा प्रकरणमा अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएकोप्रति प्रहरीको ध्यानाकर्षण

इनम सापकोटासम्बन्धी अनुसन्धानका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ।
इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

इनम सापकोटाबारे प्रधानन्यायाधीशको प्रष्टीकरण– सम्पर्क र चिनजान छैन

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस दिएको विषयमा प्रकाशित समाचार आधारहीन र कपोलकल्पित भएको बताएका छन्।
नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

नेपाल र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबीच व्यवहारिक सहकार्य आवश्यकः उर्जामन्त्री श्रेष्ठ

थाइल्यान्डस्थित नेपाली राजदूताबास र एआईटीको संयुक्त आयोजनामा बैंककमा भएको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलताको प्रवद्र्धनः नेपालमा उत्थानशील पुनस्र्थापना र पुनर्निर्माण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...

भर्खरै