नेभिगेशन
नेताका कुरा

छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा

आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्छौैँ- प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसले वडा अधिवेशनमा सहभागी हुने नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि छुट्टै महाधिवेशनको तालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूह अलमलमा परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थापनमा मिसिएर १५औँ महाधिवेशनमा सहभागी हुने वा आफ्नो समूहले तोकेको तालिकाअनुसार नै महाधिवेशन गर्ने भन्ने विषयमा आज देउवा समूहका नेताहरुले छलफल गरेका छन् ।

Ncell
Extreme Energy

निवर्तमान सभापति देउवाको निवासमा भएको छलफलमा महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वप्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद लगायत नेताहरू सहभागी थिए ।

नेता महतले आज अनौचारिक छलफल भएको जानकारी दिए ।

उनले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आजै चार बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए ।

कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत...
विस्फोटनकाे जाेखिममा रहेका चार हिमतालको पानी घटाइदै, कसरी गरिन्छ जाेखिममुक्त ?

विस्फोटनकाे जाेखिममा रहेका चार हिमतालको पानी घटाइदै, कसरी गरिन्छ जाेखिममुक्त ?

हिमतालहरु प्राय धेरै उचाइमा रहने, करिब ५ हजार मिटरभन्दा माथिबाट ताल फुटेर खस्ने पानीले तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्याउने घटना हामीले भर्खरै भोटेकोशीमा बेहोर्यौँ । भविष्यमा यस्ता घटना...
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन्।