नेभिगेशन
समाज

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सवै निकाय क्रियाशिल भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने बताएका हुन् । त्यस्तै उनले प्रभावित क्षेत्रमा बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा जानकारी र सुझाव लिएका थिए ।

Marvel
Extreme Energy

सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले बाढीका कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनुपर्ने बताएका थिए । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले त्रिशूली नदी र आसपासका करिब १९ वटा पुल बगाएको र रसुवा–धादिङ–विदुर जोड्ने सडकहरू अवरुद्ध हुँदा राहत र उद्दारमा समस्या देखिएको बताए । 

होल्डिङ सेन्टरको चाप र सम्भावित महामारी कम गर्न प्रभावित परिवारलाई कोठा भाडामा सार्ने र नगरपालिकाले ६ महिनाका लागि भाँडाकुँडा, ग्यास चुलो÷सिलिन्डर र खाद्यान्नसहित प्रतिपरिवार दश हजार रुपैयाँ दिने तयारी गरेको उहाले जानकारी दिए । त्रिशूली पारी रहेको प्रदेशस्तरीय अस्पताल र बस्ती जोड्न तत्काल ह्युमपाइप डाइभर्सन, बेलीब्रिज राख्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उनले बताए । प्रधानमन्त्री शाहले तीनै वटा सरकार मिलेर आवश्यक पूर्वाधार तत्काल बनाउने प्रतिवद्धता समेत जनाएको विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले बताए । 

त्यस्तै प्रमुख श्रेष्ठले बस्ती विकास गर्दा सांस्कृतिक, ऐतिहासिक र कृषि परिवेशलाई नबिगारी सुरक्षित ठाउँमा ल्यान्डपुलिङमार्फत बस्ती बसाल्न सुझाव दिइएको समेत बताए । छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरू सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।