नेभिगेशन
समाज

एमाले बल्थली बैठकले गर्‍यो यस्तो निर्णय

काठमाडौं। नेकपा एमाले निर्वाचन समीक्षा एवम् पुनर्गठन कार्यदलको बैठकले प्रतिवेदनलाई एकीकृत बनाउने जिम्मा उपाध्यक्षद्वय रामबहादुर थापा बादल, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबारदेखि सुरू भएको कार्यदल बैठकमा कार्यदलका संयोजकसमेत रहेका बादल र महासचिव पोखरेलको छुट्टै प्रतिवेदन पेश भएको थियो।

Marvel
Extreme Energy

शनिबारदेखि काभ्रेपलाञ्चोकको बल्थलीमा आवासीय बैठक बसेर प्रतिवेदनलाई एक बनाउनेबारे छलफल भए पनि पुनर्गठनको विषयमा मत मिलेन। अध्यक्ष केपी शर्मा ओलीले विशेष महाधिवेशनमा सम्झौता नगर्न फोनबाट निर्देशन दिएपछि बैठक निष्कर्षविहीन बनेको हो।

आज सकिएको बैठकले बादल र महासचिव पोखरेललको प्रतिवेदनलाई संश्लेषण गरेर एकीकृत बनाउने जिम्मा दिएको उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले बताए।

‘दुवै प्रतिवेदनबाट नीति र नेतृत्वबारे ठोस धारणा तयार पार्न भनिएको छ। तीन नेतालाई दुई दिनभित्र प्रतिवेदन तयार पार्न भनिएको छ,’ उनले भने, ‘त्यस प्रतिवेदनमाथि असोज १ गते बस्ने बैठकमा थप छलफल हुनेछ।’

कार्यदलले प्रतिवेदन तयार पारेपछि अध्यक्षलाई हस्तान्तरण गर्ने कार्यसूची छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।