नेभिगेशन
नेताका कुरा

देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं

काठमाडौँ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले गरेको निर्णयबाट आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै  कांग्रेसको छुट्टै महाधिवेशन गर्ने बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देउवा पक्षले आज पत्रकार सम्मेलन गरी संस्थापनले गरेको निर्णयकै आधारमा असोज ३ गते वडा अधिवेशनमा सहभागी नहुने बताएको हो । देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रुपमा अगाडि बढाउनुलाई कुनै पनि हालतमा उचित मान्न नसकिने बताए ।

Ncell
Extreme Energy

‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रुपमा अगाडि बढाउनु कुनै पनि हालतमा उचित मान्न सकिन्न’ कोइरालाले भने ।

उनले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको उल्लेख गरे । उनले भने– ‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।’

डा कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँटलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाइ छ ।

उनले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई बेवास्ता गरेको बताए ।

डा कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको भन्दै पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे ।

 ‘१४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध  गर्दछु’ कोइरालाले भने ।

सोही पत्रकार सम्मेलनमा पूर्वप्रवक्ता प्रकाशरण महतले संस्थापनले सहमतिको सार्थक प्रयास नै नगरी मिडियाबाजी मात्रै गरेको आरोप लगाए ।

‘तँ भइस् भनेर सबैकुरा समाधान भयो भनेर कसैले सोच्न सक्छ ?’ उनले भने ‘हामीले त धेरै पहिले यसरी समायोजन गर्न सकिन्छ भनेर भनेका थियौँ, कसैको व्यक्तिगत निगाहाले केन्द्रीय सदस्य हुने होइन ।’

सअघि देउवा निवासमा इतरपक्षका नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाको भने उपस्थिति थिएन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एमाले बल्थली बैठकले गर्‍यो यस्तो निर्णय

एमाले बल्थली बैठकले गर्‍यो यस्तो निर्णय

नेकपा एमाले निर्वाचन समीक्षा एवम् पुनर्गठन कार्यदलको बैठकले प्रतिवेदनलाई एकीकृत बनाउने जिम्मा उपाध्यक्षद्वय रामबहादुर थापा बादल, पृथ्वीसुब्बा गुरूङ र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ।
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

फ्लाइ दुबईको एयर बस ३१९-३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले बाढीका कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनुपर्ने बताएका थिए । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन...
अघोर बजार नजिक भासियो त्रिभुवन राजपथ

अघोर बजार नजिक भासियो त्रिभुवन राजपथ

आज बिहान करिब १० बजे भीमफेदी गाउँपालिका–९ अघोर बजार नजिक त्रिभुवनराजपथमा सडक भासिएको हो।