नेभिगेशन
समाज

बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडौँ । सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानको कामलाई तीव्रता दिइएको छ। त्यसपछि पक्की सडक र पुल निर्माण गर्ने सरकारको तयारी छ।

Ncell
Extreme Energy

प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल निर्माणलाई तीव्रता दिन विभिन्न विषयगत आठवटा कार्यदल गठन गरिएको जानकारी दिए।

उनले निर्माणका काममा दोहोरोपना हुन नदिन स्थानीय जनप्रतिनिधिलाई प्रत्यक्ष रूपमा सहयोग गर्न आग्रह गरे। प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारको विवरण सङ्कलन, योजना निर्माण, निर्माणमा समन्वय र त्यसको अनुगमन तथा फलोअपका लागि काठमाडौँमै रहेर मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रत्यक्ष छलफलमा जोडिन पनि उनले जनप्रतिनिधिलाई आग्रह गरे।

मन्त्री लम्सालका अनुसार प्रभावित क्षेत्रमा आगामी मंसिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गर्ने गरी सरकारले काम गरिरहेको छ। स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार निर्माणमा समेत सरकारले काम अघि बढाएको उनले बताए।

छलफलमा सहभागी नुवाकोटका प्रतिनिधिसभा सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाले घर बनाइदिने, ज्येष्ठ नागरिक तथा बालबालिकालाई संरक्षण गर्ने लगायतका आश्वासन दिँदै हिँडिरहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताए।

उनले जनप्रतिनिधिले प्रभावित क्षेत्रका कुनै पनि पीडित नछुट्ने गरी तथ्याङ्क सङ्कलन गरेर सरकारलाई समयमै उपलब्ध गराउनुपर्ने सुझाव दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं

देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले गरेको निर्णयबाट आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै  कांग्रेसको छुट्टै महाधिवेशन गर्ने बताएको छ ।
एमाले बल्थली बैठकले गर्‍यो यस्तो निर्णय

एमाले बल्थली बैठकले गर्‍यो यस्तो निर्णय

नेकपा एमाले निर्वाचन समीक्षा एवम् पुनर्गठन कार्यदलको बैठकले प्रतिवेदनलाई एकीकृत बनाउने जिम्मा उपाध्यक्षद्वय रामबहादुर थापा बादल, पृथ्वीसुब्बा गुरूङ र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ।
असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

फ्लाइ दुबईको एयर बस ३१९-३२० ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले बताए ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह

सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले बाढीका कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनुपर्ने बताएका थिए । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन...