नेभिगेशन
समाज

रास्वपाले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री राहत कोषमा पार्टीका तर्फबाट ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि पार्टीले गरेको उक्त निर्णयमा संसदीय दलका सदस्यबाट पार्टीमा कट्टा भई जाने मासिक लेवीसमेत समावेश गरिएको रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

Marvel
Extreme Energy

यसका अतिरिक्त संसदीय दलका सदस्यले व्यक्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने भएका छन्। संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यका तर्फबाट थप जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको बुर्लाकोटीले बताएका छन्।

संसदीय दलका सदस्यबाट न्यूनतम १५ हजार रुपैयाँका दरले जम्मा हुने रकम करिब २७ लाख १५ हजार रुपैयाँ पुग्ने उनले जानकारी दिएका छन्।

पार्टी र संसदीय दलका सदस्यबाट हुने योगदान प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।