नेभिगेशन
समाज

यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Ncell
Extreme Energy

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।
आज कति पुग्यो अमेरिकी डलरको भाउ

आज कति पुग्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ।
भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीमा परी बर्दियाको बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलसहित उनको परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि पौडेल परिवार शोक र पीडामा डुबेको छ।