नेभिगेशन
समाज

सर्लाहीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना र चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

Ncell
Extreme Energy

मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान घाइते भएका छन्। उनीहरूको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ। प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि दुवैलाई जनकपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैगरी, सर्लाहीको बागमती नगरपालिका–४ गोले टोलमा मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर दुई जना गम्भीर घाइते भएका छन्।

चट्याङ लागेर स्थानीय ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको मृत्यु भएको हो। गम्भीर घाइते उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर हस्तबहादुर बम्जनकी ११ वर्षीया छोरी प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते भएका छन्।

प्रितीमालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको छ। पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ

आज कति पुग्यो अमेरिकी डलरको भाउ

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

यी हिमतालका कारण जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ।
भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीले उजाडेको उमानाथको सहारा

भोटेकोशी बाढीमा परी बर्दियाको बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलसहित उनको परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि पौडेल परिवार शोक र पीडामा डुबेको छ।