नेभिगेशन
समाज

चक्रवातको प्रभावले असोज ८ देखि नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौँ । उष्णकटिबन्धीय चक्रवातको सम्भावित प्रभावका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमविद् बिनोद पोखरेलले सामाजिक सञ्जालमार्फत चारवटा मौसम पूर्वानुमान मोडलले असोज ८ देखि १२ गतेसम्म नेपालका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको संकेत गरेको जानकारी दिएका छन्।

Marvel
Extreme Energy

उनका अनुसार चक्रवात घुमीफिरी नेपालतर्फ आउने सम्भावना देखिएको छ। यद्यपि अहिले नै यसको मार्ग र प्रभावबारे निश्चित निष्कर्ष निकाल्न सकिने अवस्था नरहेको उनले बताएका छन्।

‘अझै पूर्वानुमान निश्चित भइसकेको छैन, तर अहिलेदेखि नै सतर्कता अपनाउनु उचित देखिन्छ,’ पोखरेलले भनेका छन्।

उनले  युरोपेली मध्यम-श्रेणी मौसम पूर्वानुमान केन्द्रको ६–६ घण्टाको वर्षा तथा समुद्री सतहको वायुदाब (एसएलपी) सम्बन्धी पूर्वानुमानसहित तीनवटा अन्य मोडलको कुल वर्षा पूर्वानुमान सार्वजनिक गरेका छन्।

अन्तर्राष्ट्रिय पूर्वानुमान मोडलहरूमा आगामी सेप्टेम्बर २४ देखि २८ सम्म नेपालमा चक्रवातको प्रभावबाट भारी वर्षा हुनसक्ने संकेत देखिएको उल्लेख गरिएको छ।

तर चक्रवातको वास्तविक दिशा, तीव्रता र नेपालमा पर्ने प्रभावबारे थप पूर्वानुमानपछि मात्रै स्पष्ट हुने भएकाले अहिलेको अवस्थालाई सम्भावित जोखिमको प्रारम्भिक संकेतका रूपमा लिनुपर्ने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।