नेभिगेशन
समाज

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

काठमाडौँ । नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै आपूर्ति व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरेका हुन्।

Marvel
Extreme Energy

उनले जनतालाई राहत दिन नसकेको सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न विषयान्तरको खेलमा लागेको आरोप लगाए।

आचार्यका अनुसार ग्यासको सहज आपूर्ति गर्न नसकेर जनतालाई सास्ती दिइरहेको सरकारले मंगलबार सामाजिक सञ्जालमा ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यका रूपमा प्रस्तुत गर्दै ग्यास लुकाएको आरोप लगाएको भन्दै आपत्ति जनाएको छ।

उनले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने र सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपसमेत लगाए।

“सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न गरिएका यस्ता कुप्रचारको हामी कडा भर्त्सना गर्दछौँ,” आचार्यले विज्ञप्तिमा भनेका छन्।

सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री, गतिविधि र त्यसमा संलग्नहरूको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने उनले बताएका छन्।

“अब भ्रम, झुट र दुष्प्रचारको राजनीति धेरै दिन चल्ने छैन। हामी डिजिटल निगरानीमा छौँ,” विज्ञप्तिमा भनिएको छ।

एमालेले जनतालाई भ्रमित पार्नेभन्दा आफ्ना कमजोरीको जवाफ दिन सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।