नेभिगेशन
समाज

रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने रास्वपाले जनाएको छ।

Ncell
Extreme Energy

भोटेकोशीलगायत विभिन्न क्षेत्रमा बाढीपहिरोबाट ठूलो क्षति भएपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने विषयमा छलफल हुँदै आएको छ। लामिछानेले यसअघि पनि विपद् व्यवस्थापनका लागि सर्वदलीय विशेष संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

रास्वपाले आजको बैठकमार्फत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा राजनीतिक दलहरूबीच समन्वयका लागि आवश्यक संरचनाबारे छलफल गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान चार घण्टाभित्र दुई पटक भूकम्प गएको छ।
उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।
ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।