नेभिगेशन
समाज

बाढीपहिरोका कारण यी राजमार्ग छन् अवरूद्ध

काठमाडौँ । बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गमा अझै यातायात प्रभावित भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार रसुवा र धादिङको कृष्णभीरमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने नुवाकोट, धादिङ, चितवन र हुम्लाका विभिन्न सडकखण्डमा यातायात आंशिक रूपमा प्रभावित भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवामा भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। अर्को सूचना नभएसम्म सडक सञ्चालनमा नआउने जनाइएको छ।

Ncell
Extreme Energy

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते बिहान ८ बजेदेखि पहिरोका कारण पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सोही राजमार्गअन्तर्गत ज्वाङखोलामा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ। बेनिघाट रोराङ–१० ज्वाङखोलामा भदौ १६ गते साँझदेखि एकतर्फी यातायात सञ्चालनमा आएको हो।

बेनिघाट रोराङ गाउँपालिकाकै शितलबजारमा भदौ २६ गते बिहानदेखि अवरुद्ध सडक पनि एकतर्फी सञ्चालनमा रहेको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढीपहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।

काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समय तोकिएको छ। भदौ १६ गते साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको अवस्था हेरी अन्य सवारीसमेत सञ्चालन गर्न सकिने जनाइएको छ।

चितवनको तुइनखोलामा सडक मर्मत भइरहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीको चाप हेरी एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–६ खरीखेतमा भदौ २९ गते साँझदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सम्बन्धित निकायले सडकको अवस्था हेरेर यातायात सञ्चालन तथा रोक लगाउने व्यवस्था गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगुमा चार घण्टाभित्र दुई पटक भूकम्प

मुगुको कालै आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान चार घण्टाभित्र दुई पटक भूकम्प गएको छ।
रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।
ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।