नेभिगेशन
समाज

'डिजिटल पार्लियामेन्ट' शुरुवात हुँदै

काठमाडौँ । संघीय संसदलाई 'डिजिटल पार्लियामेन्ट'मा रुपान्तरण गर्न लागिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय संसद सचिवालयले आजदेखि डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण गरेर प्रविधिमैत्री संसदको अवधारणालाई कार्यान्वयनमा ल्याउन लागेको हो । 

Marvel
Extreme Energy

डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन  सार्वजनिक लेखा समिति सभाकक्षमा विहान १० बजे सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले गर्दैछन् । 

मंगलबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल पार्लियामेन्ट’को अवधारणाअनुरूप विकास गर्ने सम्बन्धमा हालसम्म भएका कार्यप्रगति र आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको थियो ।

डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार प्रतिनिधि सभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको शुभारम्भ गरिने जानकारी बैठकमा दिइएको थियो ।

सो सम्बन्धमा समितिका सदस्यहरूले विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए । बैठकमा प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार अब संसदका सबै गतिविधि अनलाइनमार्फत हुनेछन् । सांसदहरुले मोबाइलबाटै संसदीय गतिविधिमा भाग लिन पाउनेछन् । अब सांसदहरुको विद्युतीय हाजिरी हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले प्रेस स्वतन्त्रतामाथि धावा बोल्न नपाइने बताएका छन् ।
एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछ ।
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।