नेभिगेशन
समाज

ओली र विद्याबीच दुई घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं । गत शुक्रबार दुई महिनापछि नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक पार्टी कार्यालयमा बसेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यही दिन अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको निवास बालुवाटार पुगेका थिए।

Marvel
Extreme Energy

अध्यक्ष ओली र पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीबीच दुई घण्टा बढी कुराकानी भएको एक नेताले बताए।

कार्यदल बैठक बसिरहेका बेला रणनीतिक हिसाबले बालुवाटार पुगेका ओलीले त्यहाँ आफूहरूबीच सुलह भइसकेको सन्देश दिन आइपुगेको अर्थमा भण्डारीनिकट नेताहरूले बुझेका छन्।

‘पोहोर असारमा निवासमै गएर भेटेपछि ओली–भण्डारीको यो दोस्रो भेट हो,’ ती नेताले भने, ‘यसपटकको भेटमा अध्यक्ष ओलीले नयाँ कुरा गरेनन्। पुरानै रटान थियो।’

उनले पार्टी, आन्दोलन र समग्र देशको अवस्था दर्शाउँदै आफ्नै निरन्तरताको कुरा गरेका थिए।

तर भण्डारीले पार्टी आन्दोलन यसरी अघि बढ्न नसक्ने भन्दै पुनर्विचार गर्न सुझाव दिएको ती नेताको भनाइ छ।

‘हिजो तपाईंलाई सघाएकाहरू अहिले विपक्षमा छन्। पार्टी आन्दोलन, पार्टी संगठन संकटमा परेका बेला नेतृत्वले ठण्डा दिमागले सोच्नुपर्छ,’ भण्डारीले सुझाव दिएकी थिइन्।

अहिलेकै कार्यशैली, चिन्तनले पार्टी आन्दोलन अघि बढ्न नसक्ने, झन् कमजोर हुने बताउँदै जनमतको सन्देश पनि बुझ्नुपर्ने धारणा राखेकी थिइन्।

‘भण्डारीसँग सहयोग मागेजस्तो पनि आफ्ना पुरानै अडानमा अडिग रहेजस्तो मनोदशा ओलीको थियो । समग्रमा भेटको निरन्तरता जस्तो मात्रै थियो,’ भण्डारीनिकट नेताले सिधाकुरासँग भने।

एमालेमा पार्टी पुनर्गठनको मुद्दा पेचिलो बन्दै गएको छ । १५ सदस्यीय कार्यदलमा संयोजक रामबहादुर थापा बादलले र महासचिव शंकर पोखरेलले अलगअलग प्रतिवेदन बुझाएपछि अहिले त्यसलाई एक बनाउन तीन सदस्यीय अलग्गै कार्यदल बनाइएको छ।

त्यसले मंगलबार र बुधबार छलफल गर्ने र बिहीबार बस्ने बैठकमा पेस गर्ने निर्णय भए पनि अहिलेसम्म तीन सदस्यी कार्यदलको बैठक भने बसेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।