नेभिगेशन
विदेशका कुरा

एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

'एआई सुरक्षाको कुरा गर्नेहरूले प्रविधिको प्रगति रोक्न चाहिरहेका छन्, यसमा चीनको हात छ'

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई फोन गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासको जोडदार वकालत गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'अल-इन समिट' का क्रममा सार्वजनिक कार्यक्रममै स्पिकरफोनमार्फत गरिएको उक्त कुराकानीमा ट्रम्पले एआई सुरक्षा र यसबाट हुनसक्ने जोखिमबारे उठाइएका चिन्ताहरूलाई "भ्रामक" (होक्स) को संज्ञा दिएका छन् ।

Ncell
Extreme Energy

फोनवार्ताका क्रममा ट्रम्पले एआई नवप्रवर्तनमा अमेरिकाले चीनलाई जित्नै पर्ने दबाब रहेको बताए । "रोबोट वा एआईले विश्व कब्जा गर्ने छैनन् । यो सबै एउटा भ्रामक प्रचार मात्र हो," ट्रम्पले भने, "एआई सुरक्षाको कुरा गर्नेहरूले प्रविधिको प्रगति रोक्न चाहने मानिसहरू र चीनको हातमा खेलिरहेका छन् ।" उनले पछिल्लो समय आलोचनाको शिकार बनिरहेका डाटा सेन्टरहरूको बचाउ गर्दै तिनलाई "आगामी २० देखि २५ वर्षको इन्धन" को रूपमा वर्णन गरे । यस्ता डाटा सेन्टरहरूले राज्य र नागरिकहरूलाई समृद्ध बनाउने उनको दाबी थियो ।

एनभिडियाका सीईओ हुआङले ट्रम्पको अवधारणासँग आफू सहमत रहेको संकेत गरे । "हामी अमेरिकामा एआईको दौडमा प्रत्येक उद्योग, कम्पनी, राज्य र नागरिकले जित्ने कुरा सुनिश्चित गर्नेछौँ," हुआङले ट्रम्पलाई आश्वस्त पार्दै भने । ट्रम्पको विज्ञान तथा प्रविधि सल्लाहकार परिषद्का सदस्य समेत रहेका हुआङले विश्वभर एनभिडियाका एआई चिप्स बिक्री गर्न पाउने नीतिको पक्षमा लबिङ गर्दै आएका छन् ।

ट्रम्पको यो अभिव्यक्ति एआई क्षेत्रका अन्य प्रमुख प्रविधि नेताहरूको धारणाभन्दा बिल्कुल फरक रूपमा आएको छ । हालै मात्र एन्थ्रोपिकका सीईओ डारियो अमोडेई, टेस्लाका सीईओ एलन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यान लगायतका दिग्गजहरूले एआई विकासमा सुरक्षा नियमन र सजगता आवश्यक रहेको बताएका थिए । प्रविधि क्षेत्रका केही अनुसन्धानकर्ताहरूले त एआईको अनियन्त्रित विकास मानव अस्तित्वकै लागि खतरा हुनसक्ने चेतावनी दिँदै राजीनामा समेत दिएका छन् ।

यसैबीच, पूर्व राष्ट्रपति बराक ओबामाले एआई नीतिलाई प्राथमिकता दिन आग्रह गरिरहेका बेला अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का सभामुख माइक जोन्सनले भने एआई सुरक्षाका लागि कानुन बनाउनुभन्दा प्रविधि क्षेत्रका नेताहरू स्वयंले नै पहल लिनुपर्ने बताएका छन् । जोन्सनका अनुसार ट्रम्पले चाँडै नै एआई नीतिबारे छलफल गर्न प्रविधि क्षेत्रका प्रमुखहरूसँग एक विशेष बैठक आयोजना गर्ने तयारी गरिरहेका छन् ।

किन उठ्यो प्रश्न 
सुरक्षा जोखिमका कारण कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासको गति केही सुस्त बनाउनुपर्ने  भनेर सार्वजनिक रूपमा आएको धारणाविरुद्ध ट्रम्प बोलेका हुन् ।  

एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमत्ता नमुनाको विकासको गति नियन्त्रण गर्नुपर्ने धारणा अघि सारेका थिए । उनले कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै उत्पन्न भइरहेका सुरक्षा जोखिमलाई सम्बोधन गर्न विकासकर्ताहरूले थप सावधानी अपनाउनुपर्ने बताएका थिए । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले पनि उक्त धारणालाई सार्वजनिक रूपमा समर्थन गरेका थिए । यो धारणापछि अमेरिकासहित विश्व सेयर बजारमै तरङ्ग आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्ध गरेका छन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

अब आमालाई कम्तीमा ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिनसम्म प्रसूति स्याहार बिदा

सरकारले सुरक्षित मातृत्व र अभिभावकत्वका लागि प्रसूति बिदा अवधि बढाएको छ ।