नेभिगेशन
समाज

रविले बोलाएको सर्वदलीय बैठकमा को को छन् ?

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागिता छ भने संसदमा नरहेका दलका नेताहरु पनि सहभागी छन् ।

Ncell
Extreme Energy

बैठकमा रास्वपा सभापति रवि लामिछानेसहित उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, महामन्त्री विपीनकुमार आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, संसदीय दलका उपनेता गणेश पराजुली र प्रवक्ता जगदीश खरेल लगायत नेताहरु छन् ।

त्यस्तै, कांग्रेस सभापति गगनकुमार थापा, सचेतक निश्कल राई, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, एमाले संसदीय दल उपनेता पद्माकुमारी अर्याल, राप्रपा संसदीय दल नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत नेताहरु सहभागी छन् ।

बैठकमा भोटेकोशी बाढीका कारण उत्पन्न विपत्ति सम्बोधनका लागि उच्चस्तरीय सर्वदलीय समिति गठन, बाढी प्रभावितको पुनर्स्थापना लगायत विषयमा छलफल भइरहेको छ । 

sarbadaliya-baithak-2-1789540204.jpeg

sarbadaliya-baithak-1789540250.jpeg

sarbadaliya-baithak-1-1789540251.jpeg

sarbadaliya-baithak3-1789540251.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिको सामना र प्रभावितहरुको उचित व्यवस्थापनका विषयमा रास्वपा सभापति रवि लामिछानेले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपाली कांग्रेसका सभापति रवि लामिछाने र नेकपा सहसंयोजक एवम्...
बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

बागलुङमा डेङ्गु संक्रमण दर नेपालमै उच्च

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङले देखाउछ । जम्मा संक्रमित स्क्रब टाइफसको...
सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

सुरू भयो ‘डिजिटल पार्लियामेन्ट प्लाटफर्म’

आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षले प्लाटफर्मको उद्घाटन गरेका हुन् ।