नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो अवसरमा प्रधानमन्त्री शाहले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गरे । 

Ncell
Extreme Energy

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए । उनले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको समेत बताए । साथै, उनले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताए । 

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् । उनले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल,  जलविद्युत् पूर्वाधार विज्ञ...
रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिको सामना र प्रभावितहरुको उचित व्यवस्थापनका विषयमा रास्वपा सभापति रवि लामिछानेले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपाली कांग्रेसका सभापति रवि लामिछाने र नेकपा सहसंयोजक एवम्...
रविले बोलाएको सर्वदलीय बैठकमा को को छन् ?

रविले बोलाएको सर्वदलीय बैठकमा को को छन् ?

रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागिता छ भने संसदमा नरहेका दलका नेताहरु पनि सहभागी छन् ।