नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनको काम र शैलीबारे रविले के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र आफूले कामको बाँडफाँड गरेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले सरकार र पार्टीको जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख गरेका हुन् । प्रधानमन्त्रीले सर्वदलीय बैठकको बेवास्ता गरेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले त्यस्तो नभएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामी त काम बाँडफाँड गरेर गर्छौँ नी । हिजोको अभ्याससँग आजको अभ्यास तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला । हिजो पार्टीको नेतृत्व प्रधानमन्त्री हुने परिपाटी हुँदा दुइटै काम एउटैले गरेको हो ।’ उनले भने, ‘अहिले त सरकारको जिम्मेवारी एउटाले हेर्ने, पार्टीको जिम्मेवारी एउटाले हेर्नेगरी स्पष्ट खाका हुँदा हुँदै डुप्लिकेसनको आवश्यकता पर्दैन । यद्यपी आएदिए हुन्थ्यो, गरिरिदए हुन्थ्यो भन्ने कुरा बेग्लै हो ।’ 

Ncell
Extreme Energy

उनले यो कार्यकालभरी यो प्रश्न रहिरहने भन्दै यो प्रश्नलाई आजै डम्प गरिदिन पत्रकारलाई आग्रह गरे । त्यस्तै उनले प्रधानमन्त्री काम गर्नुपर्ने र आवश्यक परेको ठाउँमा संवेदनशील भएको लागेको पनि बताए । ‘प्रधानमन्त्री जी निरन्तर बैठकमा हुनुहुन्छ । हिजो मात्रै उहाँले स्थानीय तहका प्रतिनिधिलाई भेट्नुभयो । प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भेटिरहनुभएको छ । उहाँको संवेदनशीलताको ठूलो उदाहरण हो नि त ।’ उनले भने । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वदलीय बैठकः उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, एक हप्ताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

सर्वदलीय बैठकः उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, एक हप्ताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

यस संयन्त्रको संयोजकको जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले सम्हाल्नेछन् भने संयन्त्रका अन्य सदस्यका रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल...
प्रधानमन्त्री बालेन शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए । उनले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको समेत बताए । साथै, उनले जलवायुजन्य विपद्...
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल,  जलविद्युत् पूर्वाधार विज्ञ...
रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिको सामना र प्रभावितहरुको उचित व्यवस्थापनका विषयमा रास्वपा सभापति रवि लामिछानेले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपाली कांग्रेसका सभापति रवि लामिछाने र नेकपा सहसंयोजक एवम्...