नेभिगेशन
समाज

सर्वदलीय बैठकः उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, एक हप्ताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

काठमाडौँ । प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि तीनै तहका सरकार, संसद्, राज्यका सम्बद्ध निकाय, राजनीतिक दल र सरोकारवालाहरूबीच नीतिगत तथा कार्यान्वयनगत समन्वय गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको छ । बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस संयन्त्रको संयोजकको जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले सम्हाल्नेछन् भने संयन्त्रका अन्य सदस्यका रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीका तर्फबाट शीर्ष तथा महत्त्वपूर्ण नेतृत्वको प्रतिनिधित्व रहनेछ।

Ncell
Extreme Energy

त्यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ । भोटेकोशी विपद्‌बाट गम्भीर पाठ सिक्दै, पुगेको क्षतिको पुनर्निर्माण र पुनरुत्थानमा मात्र सीमित नरही, भविष्यमा यस्ता विपद्‌बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति रोक्न सरकारलाई स्पष्ट नीतिगत मार्गचित्र र रणनीतिक कार्यढाँचा प्रदान गर्न, सहकार्य, समन्वय तथा अनुगमन गर्न एक ‘सर्वदलीय संसदीय विशेष समिति’ एक  हप्ताभित्र गठन गर्न पहल गर्ने  निर्णय भएको हो । 

यस समितिले विपद्‌पछिको दिगो पूर्वाधार पुनर्निर्माण, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र सशक्त जलवायु कूटनीतिका सन्दर्भमा राज्यले अंगीकार गर्नुपर्ने दीर्घकालीन कार्यदिशाबारे सरकार, संसद् तथा सरोकारवाला निकायबीच समन्वय गर्नेछ । साथै, विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानुनहरूको समीक्षा गर्ने र आवश्यक कानुन निर्माणका लागि संसद्‌मा अग्रसरता लिने जिम्मेवारीसमेत यसै समितिको हुनेछ। 

सम्पूर्ण प्रक्रियाको थालनी र आवश्यक व्यवस्थापनका लागि बैठकमा सहभागी सबै राजनीतिक दलहरूको तर्फबाट सभामुख तथा संघीय संसद्‌समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा केन्द्रित सर्वदलीय बैठक सम्पन्न भएको हो । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजित उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा जनमत पार्टीका शीर्ष नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनको काम र शैलीबारे रविले के भने ?

प्रधानमन्त्री बालेनको काम र शैलीबारे रविले के भने ?

‘हामी त काम बाँडफाँड गरेर गर्छौँ नी । हिजोको अभ्याससँग आजको अभ्यास तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला । हिजो पार्टीको नेतृत्व प्रधानमन्त्री हुने परिपाटी हुँदा दुइटै काम...
प्रधानमन्त्री बालेन शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताए । उनले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको समेत बताए । साथै, उनले जलवायुजन्य विपद्...
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल,  जलविद्युत् पूर्वाधार विज्ञ...
रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

रविको प्रस्तावमा गगन र माधव नेपालले जनाए सहमति

भोटेकोशी बाढीपछि उत्पन्न विपत्तिको सामना र प्रभावितहरुको उचित व्यवस्थापनका विषयमा रास्वपा सभापति रवि लामिछानेले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपाली कांग्रेसका सभापति रवि लामिछाने र नेकपा सहसंयोजक एवम्...