नेभिगेशन
कर्पाोरेट

एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत PMGO साउथ एसिया फाइनल्स २०२६ काठमाडौँमा हुँदै

काठमाडौँ । नेपालमा मोबाइल गेमिङ तथा ई–स्पोर्ट्सको प्रतियोगिता PMGO South Asia Finals 2026 आयोजना हुने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजकका अनुसार प्रतियोगिता भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौँस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ । नेपालमा आयोजना हुन लागेको यस प्रतियोगितालाई मोबाइल गेमिङ तथा ई–स्पोर्ट्स क्षेत्रको महत्वपूर्ण प्रतियोगिताका रूपमा लिइएको छ।

Marvel
Extreme Energy

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । आयोजकले एक्स्ट्रिम इनर्जी ड्रिंक PMGO South Asia Finals मार्फत नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको जनाएको छ ।

प्रतियोगितासँगै दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन समेत सञ्चालन गरिने भएको छ। प्रतियोगिताको अवधिभर एक्स्ट्रिम फोन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज, एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोन लगायतका गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। यी गतिविधिमार्फत प्रतियोगितामा सहभागी दर्शक तथा गेमिङप्रेमीलाई थप मनोरञ्जन र सहभागिताको अवसर प्रदान गर्ने तयारी गरिएको छ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ । प्रतियोगितामार्फत गेमिङ प्रतियोगितासँगै दर्शक र सहभागीलाई मनोरञ्जन, सहभागिता तथा नयाँ अनुभवको अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

एनपिएलः चितवनजविरुद्ध टस जितेर फिल्डिङ गर्दै सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...