नेभिगेशन
समाज

अर्थसमितिद्वारा नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त विधेयकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए । विधेयकमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यको कार्यकाल पाँच वर्षबाट घटाई तीन वर्ष बनाउनुका साथै कार्यसम्पादनका आधारमा दुई वर्षको लागि पुनःनियुक्ति गर्न सकिने व्यवस्था गरिएको छ भने वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी वा त्यस्तो पदबाट अवकाश भई दुई वर्ष व्यतीत नभइ सञ्चालक सदस्य बन्न नपाउने गरी कुलिङ्ग पिरियड राखिएको छ । 

Ncell
Extreme Energy

समिति सभापति बुढाथोकीले विधेयकमाथि आफ्ना थप धारणा वा संशोधनलाई अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सकिने व्यवस्था रहेको जानकारी दिए । 

ऐन संशोधनसँगै देशले आर्थिक रूपमा फड्को मार्नुपर्ने आवश्यकता औँल्याउँदै नेतृत्व छनोटको संरचनागत विधि र कार्यसम्पादन प्रक्रियामा सुधार ल्याउन खोजिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै...
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सर्वदलीय बैठकः उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, एक हप्ताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

सर्वदलीय बैठकः उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, एक हप्ताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

यस संयन्त्रको संयोजकको जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले सम्हाल्नेछन् भने संयन्त्रका अन्य सदस्यका रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राप्रपा, जसपा नेपाल...
प्रधानमन्त्री बालेनको काम र शैलीबारे रविले के भने ?

प्रधानमन्त्री बालेनको काम र शैलीबारे रविले के भने ?

‘हामी त काम बाँडफाँड गरेर गर्छौँ नी । हिजोको अभ्याससँग आजको अभ्यास तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला । हिजो पार्टीको नेतृत्व प्रधानमन्त्री हुने परिपाटी हुँदा दुइटै काम...

भर्खरै