नेभिगेशन
समाज

मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निरीक्षणका क्रममा आज मन्त्री चौधरीले नाकाबाट हुने कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यातको अवस्था, त्यसका लागि आवश्यक पूर्वाधार तथा प्रक्रियाबारे सम्बन्धित अधिकारीहरूसँग जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

उनले विशेषगरी स्थानीय उत्पादन तथा कृषि उपजको व्यापारलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक व्यवस्थाबारे जिज्ञासा राखेकी थिइन् । मन्त्री चौधरीले कोरला नाका हुँदै हुने कृषि तथा पशुजन्य वस्तुको व्यापारमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

त्यसैगरी, मुस्ताङको महत्त्वपूर्ण पशुजन्य व्यापारका रूपमा रहेको च्याङ्ग्राको ओसारपसार तथा व्यापारलाई व्यवस्थित र सहज बनाउन क्वारेन्टाइनसम्बन्धी व्यवस्थामा विशेष ध्यान दिनुपर्ने विषयमा पनि उनले चासो राखेकी थिइन्। च्याङ्ग्रा व्यापारमा अनावश्यक झन्झट नहुने गरी स्वास्थ्य तथा पशुजन्य वस्तुको सुरक्षा मापदण्ड कायम राख्दै प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा मन्त्री चौधरीको जोड थियो ।

उनले सीमा नाकामा कृषि तथा पशुजन्य वस्तुको आयात–निर्यातसँग सम्बन्धित कार्यालयहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै स्थानीय व्यवसायी तथा कृषकले सहज रूपमा व्यापार गर्न सक्ने वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताइन् ।

सो अवसरमा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री नम्डु गुरुङ, सङ्घीय सांसद योगेश गौचन थकालीलगायत उपस्थित थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चिलिमेमा चार र अप्पर त्रिशूलीमा  भेटिए पाँच शव

चिलिमेमा चार र अप्पर त्रिशूलीमा भेटिए पाँच शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको बताएको छ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो।
प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ।