नेभिगेशन
समाज

चिलिमेमा चार र अप्पर त्रिशूलीमा भेटिए पाँच शव

रसुवा । चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।

Ncell
Extreme Energy

उनका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले सो जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकुल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो ।

बाढी गएको दिन उक्त जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसमेत गरी छ कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले जानकारी दिनुभयो । नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी सो जलविद्युत् केन्द्रभित्र फसेका कर्मचारीको उद्धारको कामलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखेको प्रजिअ पाण्डेले बताए ।

यसैगरी, खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलभित्रबाट आजै पाँच जनाको शव फेला पारेको छ । उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेकी छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भन्यो– चिनी ११० रुपैयाँमा बिक्री भइरहेको छ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको बताएको छ।
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय

सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो।
प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

प्रतिवेदन लेख्न भेला हुँदैथे तीन नेता, ओलीले बोलाए गुण्डु

नेकपा एमालेभित्र पुनर्गठनको मुद्दा पुनः पेचिलो बनेको छ।