नेभिगेशन
समाज

सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

काठमाडौं। सरकारले संकटका बेला विदेशी कूटनीतिक समन्वयलाई प्रभावकारी बनाउन विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले रिक्त रहेका राजदूतको नियुक्ति प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत चाँडै टुंग्याइने बताएका हुन्।

Marvel
Extreme Energy

बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ। यससँगै सरकारी निर्णय प्रक्रियालाई थप सरल र डिजिटल बनाउने व्यवस्था अघि बढ्ने भएको छ।

त्यस्तै, बैठकले सेयर कारोबारमा हुने लाभमा अग्रिम करको दरसम्बन्धी निर्णय गरेको छ। सूचीकृत निकायका धितोपत्र विनिमयमार्फत हित बिक्रीबाट प्राप्त लाभ रकममा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितका लागि ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितका लागि ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।

मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू ठगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव (विशिष्ट श्रेणी) पदमा बढुवा गर्ने निर्णय भएको छ।

साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी प्रक्रियाका लागि त्यहाँका कानुनी व्यवसायीलाई वारेसनामा दिने व्यवस्था गर्न आदेश जारी गर्ने निर्णयसमेत बैठकले गरेको छ।

सरकारले सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ।

प्रवक्ता पोखरेलका अनुसार बाढीपीडितलाई होल्डिङ सेन्टरबाट अस्थायी आवासमा सार्ने काम भइरहेको छ। घरजग्गा पूर्ण रूपमा गुमाएका परिवारलाई अन्यत्र स्थानान्तरण गर्न भूमि मन्त्रालयले उपयुक्त जग्गा खोजीको काम अघि बढाएको उनले बताए।

उनका अनुसार प्राकृतिक विपद्का कारण विस्थापित भएका नागरिकको व्यवस्थापन र राहतका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

प्रवक्ता पोखरेलले संकटका बेला अन्तर्राष्ट्रिय तथा विदेशी कूटनीतिक समन्वयलाई प्रभावकारी बनाउन विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्ति प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत चाँडै टुंग्याइने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।