नेभिगेशन
समाज

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज राति र भोलि देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

Ncell
Extreme Energy

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग, बागमती प्रदेशको तराई भू–भाग र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

भोलि दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थान तथा कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

‘अब सहमतिका नाममा तालिका परिवर्तन हुने छैन । वडा अधिवेशनमा जो सहभागी हुन्छन्, ती महाधिवेशनमा सहभागी हुन्छन्, जो वडा अधिवेशनमा सहभागी हुँदैनन्, उनीहरुले महाधिवेशन गुमाउनेछन्।’
सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले संकटका बेला विदेशी कूटनीतिक समन्वयलाई प्रभावकारी बनाउन विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउने भएको छ।
चिलिमेमा चार र अप्पर त्रिशूलीमा  भेटिए पाँच शव

चिलिमेमा चार र अप्पर त्रिशूलीमा भेटिए पाँच शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।
मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

मन्त्री चौधरीले किन गरिन् कोरला नाकाको स्थलगत निरीक्षण?

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चीनसँगको सीमा जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेकी छन् ।