नेभिगेशन
समाज

विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

काठमाडौं । विश्वकर्मा पूजाको अघिल्लो दिन बुधबार सुनसरीका कालिगढलाई विश्वकर्मा बाबाको मूर्ति सजाउन चटारो छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार हुने पूजाका लागि आज मूर्तिलाई अन्तिम रूप दिँदै विभिन्न वस्त्र, गरगहना तथा सिँगारपटार गर्न उनीहरू व्यस्त छन्।

Ncell
Extreme Energy

इनरुवा नगरपालिका–४ का विनोद मेहता यसपटक बिक्रीका लागि ४५ वटा विश्वकर्माको मूर्ति तयार गर्दैछन्। उनले तीन हजारदेखि चार हजार रुपैयाँसम्मका मूर्ति बनाएका छन्।

विभिन्न चाडपर्वका अवसरमा मूर्ति बनाएर बिक्री गर्न थालेको १०–१५ वर्ष भइसकेको मेहता बताउँछन्। खर्च कटाएर एउटा मूर्तिबाट करिब एक हजार रुपैयाँ बचत हुने उनले बताए।

त्यस्तै, इनरुवा–८ का रामलखन मण्डलले इनरुवामा मूर्ति बनाएर बिक्री गर्न थालेको ३५ वर्ष भयो। यसपालि उनले चार हजारदेखि सात हजार रुपैयाँसम्मका मूर्ति तयार गरिरहेका छन्। काम गर्ने जनशक्तिको अभावका कारण यसपटक भने उनले १८–२० वटा मात्रै मूर्ति बनाउन भ्याएका छन्।

विश्वकर्मा र सरस्वती पूजाका बेला मूर्तिको माग बढी हुने मण्डलले बताए। दसैंमा दुर्गा तथा जितिया पर्वमा पनि मूर्तिको माग आउने गरेको उनले बताए।

सानो आकारका मूर्तिबाट खासै बचत नहुने भए पनि ठूलो मूर्तिको अर्डर आउँदा आम्दानी पनि बढी हुने गरेको मण्डलको अनुभव छ।

Bishwakarma-Murti_NPL-(5)-1789564462.jpeg

Bishwakarma-Murti_NPL-(4)-1789564460.jpeg

Bishwakarma-Murti_NPL-(3)-1789564460.jpeg

Bishwakarma-Murti_NPL-(6)-1789564458.jpeg

Bishwakarma-Murti_NPL-(2)-1789564456.jpeg

Bishwakarma-Murti_NPL-(7)-1789564455.jpeg

Bishwakarma-Murti_NPL-(8)-1789564454.jpeg

Bishwakarma-Murti_NPL-(10)-1789564453.jpeg

Bishwakarma-Murti_NPL-(9)-1789564451.jpeg

Bishwakarma-Murti_NPL-(1)-1789564451.jpeg

तस्बिर : नवीन गड्तौला, सुनसरी/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुईवटा प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

कांग्रेस महाधिवेशनको रेलः चढ्ने चढे, छुट्ने छुटे

‘अब सहमतिका नाममा तालिका परिवर्तन हुने छैन । वडा अधिवेशनमा जो सहभागी हुन्छन्, ती महाधिवेशनमा सहभागी हुन्छन्, जो वडा अधिवेशनमा सहभागी हुँदैनन्, उनीहरुले महाधिवेशन गुमाउनेछन्।’
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज राति र भोलि देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित...
सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले भन्यो– विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउँछौं

सरकारले संकटका बेला विदेशी कूटनीतिक समन्वयलाई प्रभावकारी बनाउन विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंग्याउने भएको छ।