नेभिगेशन
समाज

बाढी प्रभावितका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख रुपैयाँ सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ (अक्षरेपी पचासी लाख रुपैयाँ) सहयोग गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम काठमाडौं विश्वविद्यालयको तर्फबाट Academia–Industry Cooperation विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सशमित पोखरेललाई हस्तान्तरण गरेका हुन् । 

Ncell
Extreme Energy

विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

काठमाडौं विश्वविद्यालयले शिक्षा, अनुसन्धान तथा ज्ञान उत्पादनका साथै विपद् र संकटका समयमा मानवीय सहायता तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यही प्रतिबद्धताअनुसार विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

रकम हस्तान्तरण गर्दै लामाले विपद्का कारण प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले कठिन परिस्थितिमा पीडित नागरिकसँग काठमाडौं विश्वविद्यालयको ऐक्यबद्धता रहेको उल्लेख गर्दै मानवीय सहयोगलाई विश्वविद्यालयले आफ्नो सामाजिक दायित्वका रूपमा लिएको बताए । 

'विपद्को यस कठिन घडीमा पीडित नागरिकसँग काठमाडौं विश्वविद्यालयको ऐक्यबद्धता छ। राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग पुर्‍याउनु हाम्रो सामाजिक दायित्व पनि हो,' लामाले भने

विश्वविद्यालयले उपलब्ध गराएको उक्त सहयोगबाट बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन

पहिले जग्गा छैन भनी स्वघोषणा गरिएका उनीहरुको जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम,...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

बिहीवार साँझ ५ बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । यस्तै, शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही...
प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रतिनिधिसभा नियमावलीका दुई प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ का दुईवटा प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा बाबाको सिँगारपटार (तस्बिरकथा)

विश्वकर्मा पूजाको अघिल्लो दिन बुधबार सुनसरीका कालिगढलाई विश्वकर्मा बाबाको मूर्ति सजाउन चटारो छ।