नेभिगेशन
समाज

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा छ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिर राखेर विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ।

Ncell
Extreme Energy

कलकारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस मनाउँछन्। बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मतीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर विसर्जन गर्ने गरिन्छ।

आजका दिन कालिगढले प्रयोग गर्ने औजारको पूजाआराधना गरेमा ती लामो समय टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास रहेको प्रा. तोयराज नेपाल बताउँछन्। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको उनको भनाइ छ।

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रको ग्रन्थ पनि उहाँले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन्।

यही सम्झनामा नेपालका कालिगढले भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन्। पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। यही विश्वासमा इन्जिन जडान भएका यन्त्र तथा सवारीसाधनमा समेत आज पूजाआराधना गर्ने गरिन्छ।

वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रूपमा मनाउने गर्छन्।

पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्ये एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख रहेको बताइन्छ। लुप्तप्रायः अवस्थामा रहेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ। यसले पछिल्लो समय वास्तुविद्याको महत्त्व बढ्दै गएको देखाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका

अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका

अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्देछन् ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहनेछ।
छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला

छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला

'मिर्गौला पीडित श्रीमतीको उपचारका लागि भएको तीन कट्ठा जग्गा बन्धक राखेर पैसा लिएको थिएँ। छोराले ‘म उपचार खर्च त कमाइहाल्छु बुबा’ भन्थ्यो,' बन्दुरामले रासससित भने, 'उपचार खर्चसहित घरको...