नेभिगेशन
समाज

अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्देछन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेको भारत भ्रमण स्वीकृत गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वाग्ले ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

Ncell
Extreme Energy

वाग्लेले नयाँदिल्ली पुगेर आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, शुक्रबार अर्थमन्त्री डा वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । शुक्रबार नै अर्थमन्त्री डा वाग्ले भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । 

शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनेछन् । शनिबार दिउँसो नै अर्थमन्त्री डा वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । 

उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहनेछ।