नेभिगेशन
समाज

महंगीविरुद्ध एक्सनमा उत्रियो सरकार, नयाँ उद्योगमन्त्रीले पुरानै मूल्यमा फर्काए चिनीको भाउ

काठमाडौँ । सरकारले चिनीको मूल्य पुरानै भाउमा कायम गराएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृष्णभीर पहिरो देखाएर अस्वभाविक रुपमा मूल्य बढाउने तथा अभाव देखाएर कालोबजारी बढिरहेका बेला नवनियुक्त उद्योगमन्त्री दिपककुमार साहले एक्सन लिएका हुन् । 

Ncell
Extreme Energy

चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेसँगै मन्त्री साहले सरोकारवालाहरूसँग छलफलसमेत गरेका थिए । 

छलफलपछि पुरानै यथावत् कायम गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी रु ११० मा चिनी बिक्री भइरहेको जनाएको छ । विभागले चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ । 

'भदौ १० मा भोटेकोशी नदीमा आएको बाढी पहिरो तथा सोबाट पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएको र भारतले चिनी निकासी प्रतिबन्ध लगाएको समेतका कारणबाट चाडपर्वमा बढी खपत हुने अत्यावश्यक खाद्य वस्तु चिनीको अभाव भएको भन्ने विषय विभिन्न संचार माध्यमवाट प्रकाशन भएका छन्,' विज्ञप्ति भनिएको छ, 'यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्रीज्यूको अध्यक्षतामा मिति भदौ ३० सरोकारवालाहरुसँग बसेको बैठकबाट भाटभटेनी, विगमार्ट, सेल्सबेरी समेतका काठमाडौं उपत्यकाका एक हजार भन्दा बढी बिक्री केन्द्रहरुबाट प्रति केजी रु. ११०।- मा चिनी सर्वसुलभ रुपमा बिक्री वितरण भईरहेको व्यहोरा सवै उपभोक्ताहरुमा जानकारी गराईन्छ। साथै चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्नु हुन समेत विभाग अनुरोध गर्दछ ।' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका

अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका

अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्देछन् ।
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्।