नेभिगेशन
समाज

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारत सरकारको निमन्त्रणामा उनी  बिहीवार बिहान ७:३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । 

Ncell
Extreme Energy

विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

भ्रमण टोलीमा मन्त्रालयका सहसचिव अमृत लम्साल,  परराष्ट्र मन्त्रालयका सहसचिव: गेहेन्द्र राजभण्डारी,  नेपाली राजदूताबास नयाँदिल्लीका उप नियोग प्रमुख डा.सुरेन्द्र थापा,  इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत रहेका छन् । 

वाग्लेले नयाँदिल्ली पुगेर आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, शुक्रबार अर्थमन्त्री डा वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । शुक्रबार नै अर्थमन्त्री डा वाग्ले भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । 

शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनेछन् । शनिबार दिउँसो नै अर्थमन्त्री डा वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । 

उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महंगीविरुद्ध एक्सनमा उत्रियो सरकार, नयाँ उद्योगमन्त्रीले पुरानै मूल्यमा फर्काए चिनीको भाउ

महंगीविरुद्ध एक्सनमा उत्रियो सरकार, नयाँ उद्योगमन्त्रीले पुरानै मूल्यमा फर्काए चिनीको भाउ

सरकारले चिनीको मूल्य पुरानै भाउमा कायम गराएको छ ।
अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका

अर्थमन्त्री डा वाग्ले आज भारत भ्रमणमा जाँदै, यस्तो छ नयाँदिल्लीमा तीनदिने कार्यतालिका

अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्देछन् ।