नेभिगेशन
समाज

मेलम्चीमा विद्युत् प्राधिकरणका कर्मचारी करेन्ट लागेर घाइते घटना : सुरक्षा मापदण्ड पालना नगर्ने हाकिमलाई विभागीय कारबाही

घाइते कर्मचारीलाई साढे १९ लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर कर्मचारी घाइते भएको घटनामा कार्यालय प्रमुखलाई दोषी ठहर गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले गरेको आन्तरिक छानबिनमा सम्बन्धित कार्यालय प्रमुख र प्राविधिक कर्मचारीले सुरक्षा मापदण्डलाई सावधानीपूर्वक पालना नगराउँदा उक्त घटना हुन पुगेको खुलेको हो ।

Ncell
Extreme Energy

मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर (शेरबहादुर मगर) १५ केभी प्रसारण लाइनको डिस्क पिन फेर्ने क्रममा २०८२ चैत ११ गते करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

घटनापछि प्राधिकरणले छानबिन गराउँदा कार्यालय प्रमुख र प्राविधिक कर्मचारीले सुरक्षा मापदण्ड पालना नगरेको खुलेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बैठकले सुरक्षा मापदण्डलाई सावधानीपूर्वक एवं पूर्ण रूपले पालना नगरी काम गराएको कारण नै उक्त दुर्घटना भएको ठहर गरेको छ । बैठकमा मन्त्री श्रेष्ठले लापरवाही गर्ने कार्यालय प्रमुख र विभागीय प्रमुखलाई कारवाही गर्न निर्देशन दिएका थिए । 

त्यसपछि सञ्चालक समितिले यस किसिमका लापरबाही दोहोरिन नदिन सम्बन्धित कार्यालय प्रमुख र जिम्मेवार प्राविधिक कर्मचारीहरूलाई अधिकार प्राप्त अधिकारीमार्फत नियमानुसारको प्रक्रिया पूरा गरी विभागीय कारबाही गर्न व्यवस्थापनलाई निर्देशन दिएको हो ।

घाइतेलाई साढे १९ लाख क्षतिपूर्ति दिने निर्णय

सञ्चालक समितिले कार्यक्षेत्रमा खटिएका बेला घाइते भएका कर्मचारी सन्देश मगरलाई उपचार खर्च तथा क्षतिपूर्तिवापत १९ लाख ७८ हजारभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । उनको उपचारमा मात्रै ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो । प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। यसअघि नै मगरले १० लाख रुपैयाँ पेस्कीबापत लगिसकेका छन् भने बाँकी रकम सम्बन्धित वितरण केन्द्रमार्फत भुक्तानी गर्ने स्वीकृति दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ ।
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बंगालको खाडीमा बन्न सक्ने चक्रवात कत्तिको शक्तिशाली ?

बंगालको खाडीमा बन्न सक्ने चक्रवात कत्तिको शक्तिशाली ?

बंगालको खाडीमा आगामी साता चक्रवात बन्न सक्ने र त्यसको प्रभावले नेपालमा समेत भारी वर्षा हुन सक्ने प्रारम्भिक पूर्वानुमान मौसमविद्ले गरेका छन्।
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ ।

भर्खरै