नेभिगेशन
समाज

बंगालको खाडीमा बन्न सक्ने चक्रवात कत्तिको शक्तिशाली ?

काठमाडौं । बंगालको खाडीमा आगामी साता चक्रवात बन्न सक्ने र त्यसको प्रभावले नेपालमा समेत भारी वर्षा हुन सक्ने प्रारम्भिक पूर्वानुमान मौसमविद्ले गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालको मौसम पूर्वानुमानअनुसार आगामी असोज ८ देखि १२ गतेसम्म (सेप्टेम्बर २४ देखि २८) नेपालमा वर्षाको सम्भावना देखिएको मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्। बंगालको खाडीमा बन्न सक्ने सम्भावित चक्रवातको प्रभाव नेपालसम्म पर्न सक्ने देखिए पनि यसको मार्ग, प्रभाव पर्ने क्षेत्र र वर्षाको मात्रा भने अहिले नै यकिन गर्न नसकिने उनको भनाइ छ।

Ncell
Extreme Energy

हालको पूर्वानुमानले चक्रवात विकास हुने सम्भावना देखाए पनि यो अवस्थामा चेतावनी नभई निगरानी मात्र रहेको बताइएको छ। आगामी केही दिनमा मौसम प्रणालीको विकाससँगै पूर्वानुमानमा परिवर्तन आउन सक्ने भएकाले अहिले नै कुनै निश्चित स्थानमा ठूलो वर्षा हुने वा चक्रवात नेपालतर्फै आउने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ।

यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै किसानहरूले बाली तथा कृषि उपजको सुरक्षाका लागि आवश्यक तयारी भने अहिलेबाटै गर्न सक्ने देखिन्छ। विशेषगरी काट्न तयार भएका बाली, खेतमा रहेको कृषि उपज तथा वर्षाबाट क्षति हुन सक्ने सामग्री सुरक्षित राख्ने तयारी गर्न सकिन्छ।

आगामी दिनमा मौसम प्रणालीको विकास र यसको सम्भावित मार्गबारे थप स्पष्ट हुँदै जाने भएकाले नियमित मौसम पूर्वानुमान र आधिकारिक सूचनालाई पछ्याउन आवश्यक देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
मेलम्चीमा विद्युत् प्राधिकरणका कर्मचारी करेन्ट लागेर घाइते घटना : सुरक्षा मापदण्ड पालना नगर्ने हाकिमलाई विभागीय कारबाही

मेलम्चीमा विद्युत् प्राधिकरणका कर्मचारी करेन्ट लागेर घाइते घटना : सुरक्षा मापदण्ड पालना नगर्ने हाकिमलाई विभागीय कारबाही

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर कर्मचारी घाइते भएको घटनामा कार्यालय प्रमुखलाई दोषी ठहर गरेको छ ।
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ ।
कांग्रेस, एमाले र माओवादीले रोकेको काम पेलेरै अगाडि बढाए डिपी अर्यालले, अब बेथितिको अन्त्य!

कांग्रेस, एमाले र माओवादीले रोकेको काम पेलेरै अगाडि बढाए डिपी अर्यालले, अब बेथितिको अन्त्य!

पुराना दल कांग्रेस, एमाले र माओवादीले विगतमा अगाडि बढाउन नचाहेको 'डिजिटल पार्लियामेन्ट' अवधारणालाई सभामुख डोलप्रसाद अर्यालले कार्यान्वयनमा ल्याएका छन् ।

भर्खरै