नेभिगेशन
समाज

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज

तत्कालका लागि ५० हजार रुपैयाँ र ६ महिनासम्म आधा तलब उपलब्ध गराउने निर्णय

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन् । प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी/कामदारहरुको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए । 

Ncell
Extreme Energy

उनकाअनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारी/कामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । 

दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको शुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ । 

बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी र कामदारको परिवार सरकारको जिम्मेवारी भएको बताए । 'हामी एउटै परिवार हो । यो पैसाले यत्रो ठूलो दु:खको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्,' उनले भने ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति

क्यानडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव, ट्रम्पको कडा आपत्ति

युरोपेली सङ्घ (इयु) ले क्यानडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ ।
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
बंगालको खाडीमा बन्न सक्ने चक्रवात कत्तिको शक्तिशाली ?

बंगालको खाडीमा बन्न सक्ने चक्रवात कत्तिको शक्तिशाली ?

बंगालको खाडीमा आगामी साता चक्रवात बन्न सक्ने र त्यसको प्रभावले नेपालमा समेत भारी वर्षा हुन सक्ने प्रारम्भिक पूर्वानुमान मौसमविद्ले गरेका छन्।
मेलम्चीमा विद्युत् प्राधिकरणका कर्मचारी करेन्ट लागेर घाइते घटना : सुरक्षा मापदण्ड पालना नगर्ने हाकिमलाई विभागीय कारबाही

मेलम्चीमा विद्युत् प्राधिकरणका कर्मचारी करेन्ट लागेर घाइते घटना : सुरक्षा मापदण्ड पालना नगर्ने हाकिमलाई विभागीय कारबाही

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर कर्मचारी घाइते भएको घटनामा कार्यालय प्रमुखलाई दोषी ठहर गरेको छ ।

भर्खरै