नेभिगेशन
नेताका कुरा

शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका दुवै खेमाले घोषणा गरेका महाधिवेशन रोकेर विवेकपूरर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता कोइरालाले आज एक अपिल जारी गरी यसरी गरिने महाधिवेशनले पार्टीमा विभाजन ल्याउने र त्यसले लोकतन्त्रमै आघात पार्ने बताए ।

Marvel
Extreme Energy

अपिलमा उनले भनेका छन् – ‘मेरो पिडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्र्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौं एउटा मध्यमार्गी र बिवेकपूर्ण समझदारीको बाटो खोजौं । मेरो प्रयत्न बिगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ ।’

यस्तो छ कोइरालाको अपिल

प्रिय साथीहरु,                                                                                                               
जय नेपाल । 
अत्यन्त गम्भिरतापूर्बक साथीहरु माझ म पत्र मार्फत बर्तमान देशको अवस्था र नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको बिभाजनवारे आफ्‌नो बिचार संक्षिप्तमा राख्न गैरहेको छु ।
साथीहरु,
कुनै पनि राष्ट्रको जीवनमा अनेकन् उतार–चढाव र सफलता–बिफलता आउँछन । नेतृत्वले समझदारीपूर्बक सहमति र सहकार्यबाट अगाडि बढे राष्ट्र जोगिन्छ नत्र कैयन राष्ट्रले आफ्‌नो अस्तित्व गुमाएको इतिहाँस हामी सबैलाई बिदितै छ । नेपाल आज त्यही चौबाटोमा उभिएको छ । मुलुकको भविष्य र अस्तित्व कहाँ पुग्ने हो भन्ने चिन्ता सिर्जना भएको छ ।
हामी नेपालीे एकाकार भएकै कारण कहिल्यै कसैको अधिनमा बस्नु नपरेको गौरवशाली इतिहाँस निर्माण गर्न सकेका छौं। त्यस्तै नेपाली कांग्रेसको पनि आफ्‌नै गौरवशाली इतिहाँस छ ।   
कांग्रेसले कहिल्यै कसैको गोटी भएर देशको स्वाधिनता र लोकतन्त्रसँग सम्झौता गर्न चाहेन । पद, प्रतिष्ठा र प्रलोभनमा नपरी बिगतमा हाम्रा संस्थापक नेताहरुले हामीलाई निष्ठा, आदर्श र नैतिक शक्ति सहितको कांग्रेस छाडेर गएका छन । यसको इतिहाँस संघर्ष, त्याग र बलिदानले मात्र भरिएको छैन, नेपाललाई आधुनिक राष्ट्र बनाउन र नागरिकको सर्वोच्चता कायम गर्न गरेको कार्य हामी सबैका लागि प्रेरणादायक छ ।
सबैका प्रणेता र मूूर्धन्य नेता बिपी कोइराला लगायत यस पार्टीका संस्थापक नेताहरुको राजनीतिक, नैतिक, सामाजीक र सांस्कृतिक जीवन दर्शनले सदासर्बदा हामी तमाम कांग्रेसजनको लागि मात्र होइन सम्पुुर्ण नेपाली जनतालाई  गौरवान्वित बनाइरहने छ ।
दुःखका साथ भन्नुपर्छ यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन मलाई थाहा छैन । मलाई यसबाट पिडा छ र मेरो पिडासँग तमाम कार्यकर्ता साथीहरुको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूूमिका होस भन्ने चाहन्छन ।
मेरो पिडा कांग्रेसको आसन्न घोषित दुुई महाधिवेशनबाट यो देशको राष्ट्र्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो । यो रोकौं एउटा मध्यमार्गी र बिवेकपूर्ण समझदारीको बाटो खोजौं । मेरो प्रयत्न बिगतमा पनि र अहिले पनि यसैमा केन्द्रित छ र रहनेछ । हामी जो आफुलाई कांग्रेस भन्छौं र कांग्रेस हुनुमा गौरब पनि अनुुभब गर्छौं । किमार्थ पनि मानसिक रुपमा यति कमजोर र निरिह नहुनुपर्ने हो, जति आज छौं । हामीले बिरासतमा पाएको कांग्रेस क्यानभास चमकदार मात्र थिएन अजेय पनि थियो । दुःखका साथ भन्नुुपर्छ आज हामी न अजेय छौं, न बिजय नै छौं । हामी बिभाजित, बिघटनकारी र समुद्रमा गन्तब्य हराएको माझि झैं भएका छौं ।
हामी किन यस्तो छौं रु किन हामीलाई रसुवा, नुवाकोट, धादिङ्ग लगायत स्थानमा भएको बिपत्तीले पिडा दिदैन रु किन हामी आज प्राकृतिक प्रकोपको कारण अभाव र बञ्चनामा परेका र जीवन गुुमाएकाहरुसँग संबेदनशिल हुन सक्दैनौं रु नेपाली जनता रोइरहेका छन, सर्बसाधारणहरु चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुुमाएर चेतनाशुन्य भएर बसेका छन । उनीहरूको दर्द र पिडा किन हामी बुभ्‌न सकिरहेका छैनौं रु हामी के गर्दैछौं रु हामी किन कानुन र बिधानका धाराहरुबाट बाध्य झैं पारिएर मानबीय संबेदनासँग खेलवाड गर्दैछौं रु
किन सहमति, सहकार्य र एकताबद्ध भएर चहराईरहेको घाउको मल्हम बन्न हामी सकिरहेका छैनौं र कांग्रेस यसरी आफ्नो राष्ट्रिय दायित्वबाट बिमुख भैरहँदा भावी पुस्तालाई कसरी आफुुसँग जोड्न सक्छौं रु
मैले मेरा परिवेश, पृष्ठभूमि र प्रशिक्षणबाट सिकेका न्यूनतम मान्यताहरुबाट कांग्रेस बिचलित हुँदा स्वभाविक छ मेरो मन पनि उद्धेलित हुँन जान्छ । म कांग्रेस बिभाजनबाट रोमाञ्चित हुनै सक्दिन । म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छुु रु कांग्रेस हुँ भन्ने तर आफ्‌नै साथीभाई माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन । कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनी बिजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला रु यो कांग्रेसको संस्कार र संस्कृति भन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक छ । 
बिश्व राजनीतिको गहिरो प्रभाव नेपालमा परिरहेको सन्दर्भमा म कांग्रेस नेता बिपी कोइरालालाई स्मरण गर्न पुग्दछु र सोच्दछु, आफ्‌नो ज्यानको प्रवाह नगरी यो देशको अस्मिता जोगाउने ति महापुुरुषलाई साक्षि राखेर हामी किन एकताबद्ध हुन नसकेको होला ।
मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, मलाई यो पनि थाहा छ, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो । म आरोपित भएर, भैरहेको पनि छुु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।
साथीहरु, 
म कसैप्रति आरोप प्रत्यारोप गर्न चाहन्न । हामी सफल हुन्छौं भने सबैको एकताबद्ध प्रयत्नबाट मात्र यो संभव छ ।  हाम्रो बिवेक मरेको छ भन्ने कुरामा म किमार्थ बिश्वास गर्दिन । हामी उठ्छौं जुट्छौं र जित्छौं 
यही भरोसा र बिश्वासबाट साधारण भन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुुटन सक्छ । यस अभियानमा म गाउँ टोलदेखी केन्द्रहुँदै बिदेश सम्म बस्ने साथीहरुलाई पार्टीलाई एकताबद्घ राख्न दृढ संकल्पका साथ यस अभियान ९पार्टी एकता० मा जुट्न हार्दिक अनुरोध गर्दछु । कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई म फरकरुपमा बुझ्न सक्दिन । म यस्तै र यिनै संवाद लिएर कांग्रेस एकतामा जुटिरहने छु, तपाईहरुसँग भेट्न गाउँघर आईरहने छु ।
जय नेपाल ।
डा शेखर कोइराला 
मितिः असोज १, २०८३ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।