नेभिगेशन
नेताका कुरा

सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशन उद्घाटन गरिदिन निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई महाधिवेशनको उद्घाटन गरिदिन आग्रह गरेका हुन् । उनले भने– ‘पूर्वसभापतिलाई मेरो आग्रह छ अधिवेशनमा आएर उद्घाटन गरिदिनुस् । पूर्वसभापतिले अधिवेशन उद्घाटन गर्नु हाम्रो लागि पनि गौरवको विषय हो । अब छुट्टै अधिवेशन गर्नुपर्ने कुनै कुरा छैन ।’

Ncell
Extreme Energy

सभपाति थापाले सबै सिनियर नेताहरुलाई पनि महाधिवेशनमा सहभागी हुन आग्रह गरे । उनले भने– ‘मेरो आग्रह छ– सँगै जाऔँ, अप्ठेरो नमानौँ, जो जो आउनु भएको छैन, यहाँ नआउनु भएको सिनियर नेताहरुलाई आग्रह गर्छु, पूर्वपदाधिकारीहरुप्रति हाम्रो भरोसा छ, विश्वास छ, तपाईँहरु पनि आउनुस् ।’

सभापति थापाले तोकिएको समयमा अधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गरे । ‘विधान र संविधानले हामीले बाँधेको छ, अधिवेशन तोकिएको मितिमा गर्नुपर्छ । अदालतले पनि रोक्नु नपर्ने भनेको छ । रोक्नु नपर्ने भनेको कानुनी भाषामा गर्ने भनेको हो’ उनले भने ।

उनले विशेष महधिवेशनलाई ‘भुइँभन्दा तलबाट उठ्ने प्रयत्न’का रुपमा व्याख्या गरे ।

सभापति थापाले चुनावअघि र चुनावपछि पनि नेताहरुसँग निरन्तर संवाद भइरहेको बताउँदै नेताहरुले भनेका सबै माग र विषय सम्बोधन भइसकेको बताए । ‘शेखर कोइरालाले ५ बुँदे प्रस्ताव राख्नुभयो, नमान्नुपर्ने कुरा थिएन, हामी स्वीकार गर्छौं भनेर जानकारी गराएँ’ उनले भने ‘निवर्तमान कार्यवाहक सभापतिसँग पनि कुरा भयो । क्रियाशील सदस्यता अद्यावधिक गर्ने कुरामा कुनै खराब उद्धेश्य थिएन । क्रियाशील सदस्यता नवीकरण गर्नु भएको तर, अद्यावधिक नगर्नु भएको साथीहरुलाई बन्चित गर्नु हुन्न भनेर हामीले अद्यावधिकलाई बाध्यकारी बनाइएन ।’

सभापति थापाले नेताहरुको पाँच बुँदे र आठ बुँदे माग पूर्ण रुपमा सम्बोधन भएको बताए । उनले चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई पनि केन्द्रीय समितिमा स्वागत गरिएको बताउँदै अब कोही पनि नआउनुपर्ने कारण नरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

शेखरको अपिल– दुवै महाधिवेशन रोकौं, समझदारीको बाटो खोजौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका दुवै खेमाले घोषणा गरेका महाधिवेशन रोकेर विवेकपूरर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन् ।
सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका नेताहरू करिब ७ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव  हस्तान्तरण

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव  हस्तान्तरण

चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ ।