नेभिगेशन
समाज

प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस

काठमाडौँ । प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले  प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रतिवेदन पेस गरेका हुन् ।

Ncell
Extreme Energy

उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । 

सभापति ढकालले राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नागरिकलाई राष्ट्र सेवामा लगाउन सकिने विषय विधेयकमा समावेश गरिएको जानकारी दिए । 

यसअघि ३० दफा रहेको उक्त विधेयकका नौ दफामा संशोधन र एउटा दफा परिमार्जन गरी समितिले सर्वसहमतिले पारित गरेको थियो । उक्त विधेयकमाथि १३ जना सांसदले ७८ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले  जनाएको छ ।
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

सानेपाबाट गगनको देउवालाई आग्रह– आएर महाधिवेशन उद्‍घाटन गरिदिनुस्

आज केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई महाधिवेशनको उद्घाटन गरिदिन आग्रह गरेका हुन् । उनले भने– ‘पूर्वसभापतिलाई मेरो आग्रह छ अधिवेशनमा आएर उद्घाटन गरिदिनुस् । पूर्वसभापतिले...

भर्खरै