नेभिगेशन
समाज

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यादवले बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सुझावमा संविधानका सकारात्मक उपलब्धि संरक्षण गर्दै संघीयता, समानता, समावेशिता, सामाजिक न्याय, लोकतान्त्रिक गणतन्त्र र जनताको सार्वभौमसत्तालाई थप प्रभावकारी रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।

Marvel
Extreme Energy

पहिलो सुझावमा यादवले संविधान संशोधनको बहसलाई समग्र र निष्कर्षमुखी बनाउनुपर्ने बताएका छन्। संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरूप, समावेशिता, न्यायपालिकाको पुनर्संरचना, धर्मनिरपेक्षता, सामाजिक न्याय, प्रादेशिक स्वायत्तता, निर्वाचन क्षेत्र निर्धारण तथा संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, साधन–स्रोत र शक्तिको बाँडफाँटलगायत विषयलाई समग्रतामा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

संविधान संशोधन कुनै एक दल वा सत्तारूढ शक्तिको स्वार्थमा सीमित हुन नहुने भन्दै उनले व्यापक राष्ट्रिय संवाद, राजनीतिक सहमति र जनसहभागिताका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

दोस्रो सुझावमा यादवले संविधान संशोधन, परिमार्जन तथा राज्य पुनर्संरचनामार्फत संरचनात्मक सुधार गर्नुपर्ने बताएका छन्। संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टता, अधिकार तथा क्षेत्राधिकारसम्बन्धी द्वन्द्व, प्रादेशिक संरचनाका कमजोरी, सीमाङ्कनसम्बन्धी विवाद, राजनीतिक अस्थिरता, समावेशीकरणका कमजोरी तथा न्याय र निर्वाचन प्रणालीका जटिलता समाधान गर्नुपर्ने उनको सुझाव छ।

उनले राष्ट्रिय तथा जातीय पहिचानलाई सम्मान गर्दै राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको सुझाव तथा प्रतिवेदन, २०६८ का आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने धारणा राखेका छन्।

वर्तमान प्रदेश संरचनाका त्रुटि र असन्तुलन सच्याउँदै मधेशी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, पिछडावर्ग, महिला तथा अन्य सीमान्तकृत समुदायले संविधानमा अपनत्व महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने यादवले बताएका छन्।

तेस्रो सुझावमा उनले संविधान संशोधन तथा पुनर्लेखनको मागलाई राजनीतिक संवाद र सहमतिमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन्। संविधानका लोकतान्त्रिक उपलब्धिलाई कमजोर नगरी विभिन्न समुदायका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

यादवले समानता, संघीयता, सुशासन, समानुपातिक समावेशिता, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय तथा जातीय पहिचान, निर्वाचन प्रणाली, सामाजिक लोकतन्त्र, सामाजिक सुरक्षा र सामाजिक न्यायलाई थप सुदृढ तथा संस्थागत गर्नुपर्ने बताएका छन्।

संविधान निर्माणका क्रममा मधेशी समुदायमा रहेको असन्तुष्टि र अपनत्वको प्रश्नलाई समेत यादवले उठाएका छन्। संघीय संरचना, प्रदेशको अधिकार, पहिचानका आधारमा प्रदेशको सीमाङ्कन तथा नामाङ्कन, निर्वाचन क्षेत्र निर्धारण, संघीयताको कार्यान्वयन तथा संघ–प्रदेशबीच अधिकार र स्रोतको बाँडफाँटलगायत विषयमा विद्यमान कमजोरी सच्याउनुपर्ने उनको धारणा छ।

संविधानका सकारात्मक उपलब्धि संरक्षण गर्दै कार्यान्वयनमा देखिएका समस्या, संरचनात्मक कमजोरी र विभिन्न समुदायका असन्तुष्टिलाई सम्बोधन गर्न व्यापक राजनीतिक संवाद, राष्ट्रिय सहमति, जनसहभागिता तथा सबै समुदायको अर्थपूर्ण सहभागितामा संविधानलाई समय, आवश्यकता र जनआकांक्षाअनुकूल बनाउन आवश्यक रहेको यादवले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।