नेभिगेशन
समाज

राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३ को औपचारिक उद्घाटन गर्दै सभामुख अर्यालले निजी क्षेत्रलाई राज्यको विकास यात्राको महत्वपूर्ण साझेदारका रूपमा लिएर लगानीको सुरक्षा, सहज व्यावसायिक वातावरण र दीर्घकालीन नीतिगत स्थायित्व सुनिश्चित गर्नुपर्ने बताए।

Ncell
Extreme Energy

राज्यले नीति तथा कानुन निर्माण गर्ने, निजी क्षेत्रलाई आवश्यक संरक्षण र सहज वातावरण उपलब्ध गराउने तथा प्रभावकारी नियमन गर्ने भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। निजी क्षेत्रले लगानी, उत्पादन, रोजगारी सिर्जना र राजस्वमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले निजी क्षेत्रको सहभागिताबिना आर्थिक विकासको लक्ष्य हासिल गर्न कठिन हुने बताए।

सरकारले निर्माण गर्ने कानुन दीर्घकालीन सोचका आधारमा बन्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले सरोकारवाला, विज्ञ, व्यवसायी तथा नागरिकसँग पर्याप्त छलफल र परामर्श गरेर कानुन निर्माण गर्नुपर्ने बताए। पटक–पटक कानुन संशोधन गर्नुपर्ने अवस्था अन्त्य गर्न कानुन निर्माणकै चरणमा व्यापक छलफल र अध्ययन आवश्यक रहेको उनको भनाइ थियो।

'हामीले बनाउने कानुन आजको समस्या समाधान गर्न मात्र होइन, आगामी दशकलाई समेत हेरेर बनाउनुपर्छ,' उनले भने, 'हाम्रो भूगोल, नागरिकको क्षमता, राज्यको स्रोतसाधन र आर्थिक अवस्थालाई ध्यानमा राखेर नागरिकमैत्री कानुन निर्माण गर्न आवश्यक छ।'

घरजग्गा तथा निर्माण क्षेत्रलाई केवल जग्गा खरिद–बिक्रीको विषयका रूपमा मात्र बुझ्न नहुने उनले बताए। यस क्षेत्रसँग बैंकिङ, बीमा, सिमेन्ट, छड, निर्माण सामग्री, इन्जिनियरिङ र आर्किटेक्चरलगायतका क्षेत्र प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले निर्माण क्षेत्रले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

निजी क्षेत्रको विकास सीमित व्यक्ति वा समूहमा मात्र केन्द्रित हुन नहुने बताउँदै उनले साना तथा मझौला व्यवसायी र नयाँ उद्यमीलाई समेत अघि बढ्ने अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए। व्यवसाय र उद्यमलाई सम्मान गर्ने संस्कृतिको विकाससँगै व्यावसायिक सफलता, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आकर्षित गर्न लगानीको सुरक्षा र व्यावसायिक प्रक्रियामा सहजता आवश्यक रहेको सभामुख अर्यालले बताए। कम्पनी दर्ता, कर भुक्तानीलगायतका प्रक्रियालाई सरल र लगानीमैत्री बनाउनुपर्ने उल्लेख गर्दै उनले राज्यले निजी क्षेत्रलाई सम्मानपूर्वक व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

आगामी पुस्ताका लागि नेपालमै रोजगारी, उद्यम र लगानीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले संसार खुला हुँदै गएको अवस्थामा नेपाली युवाले आफ्नो क्षमता जुनसुकै मुलुकमा प्रयोग गर्न सक्ने भएकाले स्वदेशमै अवसर र भविष्य निर्माण गर्न सकिने वातावरण बनाउनुपर्ने बताए।

विकास निर्माण गर्दा प्राकृतिक विपद्को जोखिमलाई समेत गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले भूकम्प, बाढी र पहिरोलगायतका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, वातावरणमैत्री र दिगो संरचना निर्माण गर्नुपर्ने बताए। विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको विज्ञता र अनुभव उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्यबाट राज्यका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने उल्लेख गर्दै उनले नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३ ले लगानी, प्रविधि, नवप्रवर्तन र निर्माण क्षेत्रका सम्भावनाबारे थप संवाद र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्।
भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाए

दोषीलाई मृत्युदण्ड दिनुअघि राज्यविरुद्ध षड्यन्त्र र युद्ध भड्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले  जनाएको छ ।
प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस

प्रतिनिधिसभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी  समितिको प्रतिवेदन, २०८३’ पेस

उनले विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाको शिष्टाचार भेटवार्ता

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाले बिहीबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भर्खरै