नेभिगेशन
समाज

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेड्ने भएका छन्। लोपोन्मुख अवस्थामा पुगेको जात्रा तथा परम्परालाई निरन्तरता दिन उनले आगामी असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेड्ने भएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि जात्रा नियमित रूपमा सञ्चालन हुन नसके पनि विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो। त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए। यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको उनले बताए।

Ncell
Extreme Energy

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडेका थिए। त्यसपछि कोरोना महामारीका कारण जात्रा रोकिएको थियो। विसं २०७९ मा वीरेन्द्रभक्तले पुनः जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए। यसअघि मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडेका थिए।

आर्थिक अभावका कारण नियमित हुन नसकेको यो जात्रा सञ्चालनमा करिब ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। नगरपालिकाले उपलब्ध गराउने सहयोगभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले नै खर्च गर्दै आएका छन्।

मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौँ मानिसको उपस्थितिमा जिब्रो छेडेर जात्रा सुरु गरिन्छ। जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथ मन्दिरसम्म पुग्ने र पुनः बालकुमारी मन्दिरमा आएर जिब्रोबाट सियो निकाल्ने प्रचलन छ।

भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगुभैरव मन्दिरको डबलीमा पूजा गरेपछि जिब्रो छेडिन्छ। त्यसपछि जात्रामा सहभागी हुँदै पशुपतिनाथसम्म पुग्ने र पुनः बालकुमारी मन्दिरमा फर्किएर सियो निकाल्ने परम्परा रहेको छ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाउँदै मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक व्यक्तिको जिब्रो छेडेर नगर परिक्रमा गराइएको थियो। त्यसपछि भूतप्रेत तथा पिशाच भागेर नगरमा शान्ति स्थापना भएको विश्वास गरिन्छ।

जिब्रो छेड्ने जात्रा सम्पन्न भएपछि नगरमा रोग, अनिकाल तथा प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वाससमेत रहँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि........

बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि........

एन्टी स्नेक भेनमको अभाव भएपछि बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्रले सेवा बन्द गरेको छ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।