नेभिगेशन
समाज

तनहुँका तीन ठूला सडक अलपत्र

दमौली (तनहुँ) । निर्माण सुरु भएको लामो समय भए पनि यहाँका तीन सडक आयोजना रुग्ण बनेका छन् । आयोजना अलपत्र भएपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएका ती सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण श्रेष्ठले जानकारी दिए । भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक, दुलेगौडा हर्कपुर सडक र आँबुखैरेनी छिम्केश्वरी सडक समस्याग्रस्त बनेको छ । 

Ncell
Extreme Energy

भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालीमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साल माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । पटकपटकको ताकेतापश्चात् पनि काम नभएपछि उक्त सडकमा २०८३ असारसम्म म्याद थप भएको थियो । उक्त खण्डमा हालसम्म ६५.९५ प्रतिशत काम सकिएको छ ।

कुल १०.१२ किलोमिटर लामो उक्त सडक स्तरोन्नतिका लागि २० करोड ३७ लाख ८६ हजारमा एमएस शङ्करमाली निर्माण सेवासँग सम्झौता भएको थियो । निर्माण कम्पनीलाई हालसम्म रु १३ करोड ४३ लाख ९६ हजार भुक्तानी गरिएको छ । 

दुलेगौडा–हर्कपुर सडकको हालसम्म वित्तीय ५० प्रतिशत र भौतिक ५५ प्रतिशत प्रगति भएको छ । यो सडकको ठेक्का पनि एमएस शङ्करमाली निर्माण सेवाले नै पाएको थियो । उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पटकपटक थप गरिएको छ । अन्तिमपटक थपिएको म्याद २०८२ साल चैतमा सकिएको छ ।

हालसम्म रु १४ करोड ४७ लाख ४५ हजार ७४० भुक्तानी भइसकेको छ । १०.१८ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २५ करोड ९९ लाख दुई हजार ८९५ मा सम्झौता भएको थियो । आँबुखैरेनी–छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि २०७६ साल मङ्सिर ६ गते सम्झौता भएको थियो । विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटकपटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम मिति २०८२ असोजसम्म थियो । 

यस सडकको भौतिक र वित्तीय प्रगति ९१ प्रतिशत बराबर छ । सो सडकका लागि ३६ करोड पाँच लाख ५० हजारमा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो । कुल १६ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि ३२ करोड ८५ लाख १३ हजार ४८६ भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि........

बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि........

एन्टी स्नेक भेनमको अभाव भएपछि बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्रले सेवा बन्द गरेको छ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।