नेभिगेशन
समाज

बर्दिबासमा एन्टी स्नेक भेनम सकिएपछि........

महोत्तरी । एन्टी स्नेक भेनमको अभाव भएपछि बर्दिबासमा सञ्चालित सर्पदंश उपचार केन्द्रले सेवा बन्द गरेको छ। मधेस र पहाडका आठ जिल्लाका सर्पदंशका बिरामीको उपचार गर्दै आएको बर्दिबास–३ गौरीडाँडास्थित केन्द्रले औषधि अभाव भएपछि सेवा दिन नसक्ने जनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चालु आर्थिक वर्ष २०८३/८४ को सुरुदेखि नै विषालु सर्पको टोकाइको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनमको अभाव हुँदै आएको केन्द्रले जनाएको छ। उपचार सेवा निरन्तरता दिन प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग आग्रह गरे पनि भेनम उपलब्ध नभएपछि बुधबार साँझदेखि सेवा बन्द गर्नुपरेको केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए।

Ncell
Extreme Energy

“हामीले औषधिका लागि प्रदेश र संघीय सरकारका सम्बद्ध निकायमा निकै धायौँ, तर भेनम पाउन सकिएन,” देवकोटाले भने, “यस्तो अवस्थामा सेवा दिन नसकिने भएपछि बाध्य भएर सूचना टाँस गरेका हौँ।”

विसं २०७१ साउन ३१ गतेदेखि सर्पदंशको उपचार गर्दै आएको केन्द्रले हालसम्म करिब ३३ हजार बिरामीको उपचार गरी ज्यान बचाएको जनाएको छ। महोत्तरी, धनुषा र सर्लाहीसहित उदयपुर, ओखलढुङ्गा, सिन्धुली र रामेछापका सर्पदंशका बिरामीले यहाँबाट उपचार सेवा लिँदै आएका छन्।

दोलखा, रौतहट र सिरहाका बिरामी पनि समय–समयमा उपचारका लागि केन्द्रमा आउने गरेका छन्।

बर्दिबास आफैँ सर्पको बिगबिगी भएको क्षेत्रका रूपमा परिचित छ। पछिल्लो दुई महिनायता एन्टी स्नेक भेनम पाउन कठिन भएपछि उपचारका लागि आउने बिरामीलाई सेवा दिन नसक्दा आफूहरूलाई ग्लानी भएको केन्द्रका अध्यक्ष देवकोटाले बताए।

स्थानीय बासिन्दाले पनि केन्द्रमा औषधि अभाव भएपछि सर्पदंशका बिरामीको उपचारमा समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन्।

“सरकारले औषधिको व्यवस्था गरिदिनुपर्छ,” बर्दिबास–३ गौरीडाँडाकी स्थानीय गीता खतिवडाले भनिन्, “नभए त उपचार नपाएरै मर्ने अवस्था आउने भयो।”

तीनै तहका सरकार यो समस्याप्रति गम्भीर हुनुपर्ने स्थानीय सामाजिक संघसंस्था तथा नागरिक समाजका प्रतिनिधिको धारणा छ।

“ठूलै समस्या देखिएको छ, एन्टी स्नेक भेनमको व्यवस्थापनमा सम्बद्ध पक्ष लाग्नुपर्‍यो,” अन्तरसंघसंस्था समन्वय सञ्जाल बर्दिबासका संयोजक रामकुमार कार्कीले भने, “यसका लागि पहिलो पहलकदमी स्थानीय तहको नेतृत्वले लिनुपर्छ।”

केन्द्रले भेनम तत्काल उपलब्ध हुन नसक्दा उपचार सेवा सञ्चालन गर्न नसकिए पनि औषधि प्राप्त हुनासाथ सेवा पुनः सञ्चालन गर्ने जनाएको छ। केन्द्रमा नेपाली सेनाका दक्ष प्राविधिकले सर्पदंशका बिरामीको उपचार गर्दै आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मुग्लिन नारायणगढ सडकमा पहिरो खस्यो, एकतर्फी अवरुद्ध

मुग्लिन नारायणगढ सडकमा पहिरो खस्यो, एकतर्फी अवरुद्ध

मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध बनेको छ ।
संविधान प्राप्तिको ११ वर्षः राज्यका तहमा सीमान्तकृत समुदायको पहुँच बढ्यो

संविधान प्राप्तिको ११ वर्षः राज्यका तहमा सीमान्तकृत समुदायको पहुँच बढ्यो

झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ । राज्यका विभिन्न तहमा आफ्नै समुदायका...
भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।