नेभिगेशन
समाज

भारत लैजान लागिएका दुई किशोरीको सीमा नाकाबाट उद्धार, दुई जना पक्राउ

बाँके । बाँकेको दुर्गम नरैनापुर नाकाबाट कामको प्रलोभन देखाई फकाएर भारत लैजान लागिएका दुई किशोरीको सशस्त्र प्रहरीले उद्धार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त नाकामा किशोरीलाई लिन आएका एक भारतीय नागरिकसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बागेश्वरीले जनाएको छ । 

Marvel
Extreme Energy

विशेष सूचनाका आधारमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगन्जबाट भारततर्फ जाँदै गरेको अटोरिक्सामा दुई किशोरीलाई सशस्त्र प्रहरीले फेलापारेको थियो ।

उद्धार गरिएका दुवै किशोरी बर्दियाका रहेको सशस्त्र प्रहरी बल नं ३० गणले जानकारी दिएको छ । पक्राउ पर्नेमा नरैनापुरका हनुमान यादव, भारतको उत्तर प्रदेश श्रावस्तीका हनुमानप्रसाद महन्त छन् ।

उद्धार गरिएका दुवै किशोरीलाई आजै परिवारको जिम्मा लगाइएको शान्ति पुनःस्थापना गृह नेपालगन्जकी प्रमुख सम्झना चदराले जानकारी दिए । उनले उद्धार गरिएका किशोरीका केही साथी अझै पनि भारतमा रहेको उल्लेख गर्दै विशेष सूचनाका आधारमा प्रहरीलाई खबर गरिएको बताए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नरैनापुर प्रहरीलाई बुझाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपीको फुली, सरकारले एकाएक किन फेर्यो आईजीपी ?

सरकारको यो निर्णयमाथि पनि कानुनी परीक्षण हुने देखिन्छ । सरकारले आईजीपी नियुक्त गर्न पाउने अधिकार राखे पनि पदावधि बाँकी रहँदै बहालवाला आईजीपीलाई हटाउन पाउने अधिकार कति छ भन्ने...
प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

प्रधानमन्त्री बालेनलाई दिल्ली भ्रमण गराउने भारतीय विदेश सचिव मिश्रीको मुख्य एजेण्डा

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आएका हुन् । एजेण्डा चार वटा भएपछि भ्रमणको प्रमुख एजेण्डा भने प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय नै हो । मिश्री नेपाल...
निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषकाे प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो ।